
६ जेठ, काठमाण्डौं । बर्डफ्लु संक्रमणबाट पहिलोपटक मानसिको ज्यान गएपछि स्वास्थ्यकर्मी नै बर्डफ्लु प्रभावित क्षेत्रमा जान डराउन थालेका छन् ।
गत १५ चैतमा बर्डफ्लुकारण काभ्रेका २१ वर्षीय युवकको मृत्यु पृष्टि भएपछि सर्वसाधारणसँगै चिकित्सक पनि डराएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
कुखुरा मार्न र औषधिको लागि खटाईएका स्वास्थ्यकर्मी पनि हच्किन थालेको महाशाखाका प्रमुख डा. विवेक लालले बताए । ‘विगतमा बर्डफ्लुकका विषयमा कसैले चासो राख्दैनथे । मानिसकै मृत्यु भएपछि प्रत्यक्ष वा अप्रत्यक्ष जानकारी लिनेहरु बढेका छन् । संक्रमित क्षेत्रा खटिन स्वास्थ्यकर्मी पनि असहज मान्न थालेका छन्,’ उनले भने । सोमबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ जेठ ६ सोमवार ०७:५४ मा प्रकाशित





























