back
CTIZAN AD

भौतिक पूर्वाधार मात्र विकास नहुने मुख्यमन्त्री पौडेलको भनाई

वि.सं.२०७६ जेठ ६ सोमवार

657 

shares

जेठ ६, धादिङ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधारमात्र विकास नभएकोले सामाजिक, आर्थिक र सामाजिक रुपान्तरणले मात्र विकास सम्भव हुने बताएका छन् ।

गजुरी गाउँपालिका भवनको आज उद्घाटन गर्दै मूख्यमन्त्री पौडेललले स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वयमा विकास हुने भएकोले साना योजना स्थानीय सरकारले, मध्यम किसिमका योजना प्रदेशले र ठूला योजना सङ्घीय सरकारले गर्ने गरी योजना तयार गर्न आग्रह गरे । समानुपातिकको नाममा वितरणमुखी होइन कि समानुपातिक विकास गर्न र रोजगारमूलक योजना निर्माण गरी लागू गर्न गाउँपालिकालाई उनले आग्रह गरे ।

गाउँपालिका प्रमुख राजेन्द्रविक्रम बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा सांसद खेमप्रसाद लोहनी, भूिम त्रिपाठी, प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले समृद्ध नेपाल सुखी नेपाली बनाउन सबै मिलेर लाग्नुपर्नेमा जोड दिएका थिए ।

वि.सं.२०७६ जेठ ६ सोमवार १३:१५ मा प्रकाशित

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत...

भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशुली र नारायणी नदीमा आएको...

भोटेकोशी बाढीः प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार र राहत तीव्र

भोटेकोशी बाढीः प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार र राहत तीव्र

काठमाडौँ । रसुवास्थित नेपाल–चीन सीमा क्षेत्रबाट बहने भोटेकोशी नदीमा आएको...

प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्र विदुर प्रस्थान

प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्र विदुर प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्रको...

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

हुम्ला । हुम्लाबाट रोजगारीका लागि रसुवा पुगेका १० व्यक्ति सम्पर्कविहीन...