
६ जेठ । यसअघि जेठ ८ गतेबाट सुरु हुने बताईएको तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ १० गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद राखेपले शनिबार पत्रकार सम्मेलन गर्दै नेपालय इन्टरनेशनलको व्यवस्थापनमा हुने प्रतियोगिता जेठ १० गतेबाट २५ गतेसम्म हुने जानकारी गराएको हो ।
प्रतियोगितामा तीन विभागीय टिम र सात प्रदेश सहित १० टोलीले सहभागिता जनाउने राखेपका सदस्य सचिव केशव कुमार विष्टले बताए । सहभागि टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टिमले सेमिफाईनलमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको पहिलो दिन टियुमा त्रिभुवन आर्मी र प्रदेश नम्बर २ र मुलपानीमा नेपाल पुलिस र प्रदेश १ बीच प्रतिस्पर्धा हुने बताइएको छ ।
सो अवसरमा सदस्य सचिव विष्ट, नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कालगायतको टोलीले प्रतियोगिताको जर्सी पनि सार्वजनिक गरेको थियो ।
प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ ।
प्रतियोगितालाई एक्स्पर्ट भिसा एजुकेशन एण्ड भिसा सर्भिसेजले मुख्य प्रायोजन गरेको छ । प्रतियोगितालाई एक्स्पर्ट भिसा एजुकेशन एण्ड भिसा सर्भिसेजले मुख्य प्रयोजन गरेको छ ।
वि.सं.२०७६ जेठ ६ सोमवार १३:२६ मा प्रकाशित



























