
८ जेठ, काठमाण्डौं । सरकारले बैदेशिक रोजगारबाट फर्किएर उद्यम सञ्चालन गर्न चाहने १८ हजार युवालाई सूचीकरण गरी सहुलियत ऋण दिने तयारी सुरु गरेको हो ।
बैदेशिक रोजगारीबाट फर्की आफूसँग भएको सीप पुँजी र सहुलियत कर्जाको प्रयोग गरी स्वरोजगार हुन सूचीकरणका लागि निवेदन दिएका मध्ये १८ हजार ७ सय ६७८ युवालाई ऋण दिने तयारी गरेको हो ।
१९ हजार युवाले सहुलियत ऋणका लागि आवेदन दिएका मध्ये १८ हजार ७ सय ६७ सूचीकरण भएका हुन् ।
सरकारले चालू आर्थिक वर्षको कार्यक्रम अन्तर्गत विदेशबाट फर्केका युवाको सीप प्रमाणिकरण गरी त्यस्ता युवाहरुलाई उद्यम व्यवसाय सञ्चालन गर्न परियोजना धितोमा १० लाख रुपैयाँ सम्म ऋण उपलब्ध गराइने व्यवस्था रहेको अनुसार सो संख्यामा युवालाई सूचीकरण गरेको हो । बुधबारको कारोबार दैनिकबाट
वि.सं.२०७६ जेठ ८ बुधवार ०८:२९ मा प्रकाशित