
८ जेठ, काठमाण्डौं । सामान्य विवादमा जघन्य अपराध नेपाली समाजमा बढ्दै गएको छ । प्रहरीका अनुसार हत्याका घटनामध्ये झण्डै ४० प्रतिशत आफन्तैबाट भएका छन् ।
समाजका मूल्य मान्यता फेरिँदै गएको र बिचलन बढ्दा आफन्तभित्रै हत्याका घटना बढेको प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेल बताउँछन् । ‘सामान्य’ विषयमा समाज र घरभित्रै हुने घटना निकै बढेका छन्,’ उनी भन्छन्, ‘यस्ता घटना रोक्न प्रहरीले सामुदायिक पुलिसिङको अवधारणा अघि बढाएको छ ।’
गत साउनदेखि माघसम्म सातमहिनामा देशभर चासय ९२ व्यक्तिको हत्या भएको तथ्यांक छ ।
जसमध्ये एक सय ४४ हत्या आफन्तबाटै भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ ।
साउनदेखि माघ माघ मसान्त सम्मको तथ्यांक अनुसार ६७ पुरुषले श्रीमतीको हत्या गरेका छन् भने ६ पुरुष श्रीमतीबाट मारिएका छन् ।
१५ आमाबाबु छोराबाट मारिएका छन् । आमाले ६ बालबालिका तथा आठ नवजात शिशुको हत्या गरेका छन् । चार बालबालिकाको हत्या बाबुबाट भएको छ । यस्तै, यो अवधिमा दाजुबाट चार भाइ–बहिनी र बुहारीले तीन सासू ससुरा र जेठानीको हत्या गरेका छन् ।
त्यस्तै नातिले हजुरबुबा, सासूससुराले ज्वाँइछोरी, काकाकाकीले भतिज, भान्जाले मामाको हत्या गरेका घटना रहेको प्रहरी प्रवक्ता डिआइजी पवोखरेलले बताए । बुधबारको नयाँपत्रिका दैनिकबाट
वि.सं.२०७६ जेठ ८ बुधवार ०८:४२ मा प्रकाशित




























