
८ जेठ ।लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआइसी) नेपालको सञ्चालक समितिको अध्यक्षमा एमआर कुमार नियुक्त भएका छन् ।
कम्पनीद्वारा जारी विज्ञिप्त अनुसार कम्पनी सञ्चालक समितिको हालै सम्पन्न बैठकले २ जेठदेखि लागू हुने गरी कुमारलाई अध्यक्षमा चयन गरेको हो ।
नवनियुक्त अध्यक्ष कुमार एलआइसी अफ इन्डियाका वर्तमान अध्यक्षसमेत हुन् । एलआइसी अफ इन्डियाको अध्यक्ष नै एलआइसी नेपालमा पनि अध्यक्ष रहने व्यवस्थाअनुसार उनी अध्यक्ष बनेका हुन् । यसअघि कम्पनीको अध्यक्षमा हेमन्त भार्गव रहेका थिए ।
वि.सं.२०७६ जेठ ८ बुधवार १२:२६ मा प्रकाशित