back
CTIZAN AD

शाखा अधिकृत द्वितीयपत्रको लोकसेवा तयारी बारे यसो भन्छन् उपसचिव भण्डारी

वि.सं.२०७६ जेठ ८ बुधवार

1.1K 

shares


बजेट राज्यको आयव्ययको विवरण हो । बजेटमा सरकारका आर्थिक, सामाजिक र राजनैतिक विषयलाई समेटिएको हुन्छ ।
अर्काे सन्दर्भमा राजस्व र व्ययको अनुमान, अतिरिक्त राष्ट्रिय कोषको सन्चालन गर्न अख्तियार प्रदान गर्ने दस्तावेज पनि मानिन्छ । बजेटले सरकारको लक्ष्य र कार्यक्रमको आर्थिक अभिव्यक्ती गरेको हुन्छ । अझ अर्काे सन्दर्भमा भन्दा बजेट समस्त आर्थिक प्रशासन सञ्चालनमा सरकारले अवलम्बन गर्ने नीति, रणनीति र कार्यक्रमको दस्तावेज हो ।

विश्वमा बजेटको सुरुवात सन् १७३३ देखि सुरु भएको हो । बेलायतका अर्थमन्त्री वालपोलले सन १७३३ मा पहिलो पटक संसदमा वजेट प्रस्तुत गरेका थिए । त्यसबेला देखी नै र संसदमा आय–व्यय प्रस्तुत गर्ने चलन चलेको हो । नेपालमा भने वि.सं. २००८ माघ २१ मा पहिलो पटक बजेट पेश भएको पाइन्छ । बजेटले राजश्वको अनुमान, सन्चित कोषमाथी व्ययभार हुने आवश्यक रकम, विनियोजन ऐनवाट व्यय हुन सक्ने रकम आदि खुलाएको हुन्छ ।

बजेटका विशेषताहरु
बजेट सरकारको ऐना हो । यसै ऐनामा हेरेर सरकार बारे वहस गर्न सकिन्छ । यसले भविष्यका योजनाको खाका पेश गरेको हुन्छ । बजेटलाई सुरुको चरणमा आयव्यको अनुमान भनिए पनि संसदले अनुमोदन गरेपछि यो अनुमानबाट वास्तविकतामा परिणत हुन्छ ।

अझ अर्काे सन्दर्भमा भनदा बजेट जिम्मेवारी किटान गरी अख्तियारी दिने माध्यम हो । यसले आर्थिक प्रसासनलाई पथ प्रर्दशन गर्दछ । साँच्चै भन्दा बजेट सरकारको वित्तिय नीतिको एकिकृत स्वरुप हो । यसलाई यसरी पनि व्यक्त गर्न सकिन्छ बजेट सरकारप्रति जनताले पु¥याउने योगदानको दृष्टिकोण र धारणा हो ।

उद्देश्यमा बजेट
बजेटको सवैभन्दा महत्वपूर्ण उद्देश्य योजना कार्यान्यनका लागि स्रोत र साधनको व्यवस्था गर्नु हो । यसले सीमितस्रोत र साधनको बाँडफाँड गरी जनताका चाहना र आकांक्षालाई सम्बोधन गर्दछ । सगँसगै बजेटले जहिल्यै आर्थिक नियन्त्रण र आर्थिक कार्यक्रमहरुको सम्बन्धमा भविष्यवाणी गर्दछ । बजेटको अर्काे उद्देश्य कार्यपालीका माथि व्यवस्थापिकाको नियन्त्रण पनि हो ।

तर्जुमामा ध्यान दिनुपर्ने विषय
बजेट समस्टिगत आर्थिक निितको दस्तावेज भएकोले बजेट तर्जुमा गर्दा आर्थिक परीसुचक र तिनले सङ्केत गरेको आर्थिक वृद्घिदरमा विशेष ध्यान दिनुपर्दछ ।

मानवविकास सुचाङ्कले आर्थिक सामाजिक स्थितिमा भएको समानता र विशमता प्रदर्शन गर्नै भएकोले यो ‘टुल’ लाई नजर अन्दाज गरेर जनपक्षीय बजेट नबन्ने निश्चित छ । लाभ लागत अनुपात विश्लेषण पनि बजेट तर्जुमाको महत्वपूर्ण पाटो हो ।

निष्कर्ष
बजेट सरकारको अति महत्वपूर्ण दस्तावेज हो । यसकारण पनिवजेट तर्जुमा अगाडि व्यापक वहस र अन्र्तक्रियाको आवश्यकता पर्दछ । जसरी बजेटविनाको सरकार को हामी कल्पना गर्न सक्दैनौँ त्यसरी नै प्रभावशाली बजेट विना राज्यको समृद्घिको पनि कल्पना गर्न सकिँदैन ।
यसकारण बजेट अनुमान गर्दा सवै तहका बजेट विज्ञहरुको परामर्श अनिवार्य मानिन्छ ।

(लेखक महालेखा परीक्षकको कार्यालयमा कार्यरत छन् । )

वि.सं.२०७६ जेठ ८ बुधवार १३:३० मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

काठमाडौँ । महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने...