back

राजपा नेपालद्वारा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

वि.सं.२०७६ जेठ ८ बुधवार

405 

shares
GLOBAL IME AD
NTC AD

८ जेठ, काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालले तराई, मधेश थरूहट आन्दोलनको छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।प्रतिनिधिसभाको आजको बैठक शुरु हुनेबित्तिकै सभामुख कृष्णबहादुर महरासँग समय माग गरी सो पार्टीका सांसद प्रमोद साहले संविधानमा नागरिकलाई नागरिकता प्राप्ति गर्न नरोक्ने प्रावधान रहेपनि कार्यान्वयनमा नआएकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।

नेपाली काङ्ग्रेसका पुष्पा भुसालले संविधान, अन्तर्राष्ट्रिय मानवअधिकारको विधि, मूल्यमान्यताका आधारमा प्रस्तावित मिडिया काउन्सिल विधेयक ल्याउन माग गर्दै सरकारले ल्याइएको विधेयक लोकतान्त्रिक मूल्यमान्यता विपरीत भएकाले आफ्नो पार्टीलाई विधेयक मान्य नरहेको स्पष्ट पारे ।

नेका संसदीय दलको सचेतकसमेत रहेका भुषालले राज्य नियन्त्रित मिडिया काउन्सिल विधेयक ल्याउन लागेको चर्चा गर्दै प्रस्तावित विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न सक्ने धारणा व्यक्त गरे ।

शून्य समय
बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराए । यस क्रममा सांसद भरतकुमार शाहले रुपन्देहीस्थित भैरहवा भन्सार कार्यालयलाई थप व्यवस्थित बनाउन माग गरे ।सांसद महेन्द्रकुमारी लिम्बूले महिला, बालबालिकामाथि हुने हिंसा अन्त्य गर्न सरकारले प्राथमिकता दिन आग्रह गर्दै आजसम्म निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नु दुःखद रहेको बताए ।

सांसद महेश बस्नेतले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले छायाँ सरकार गठन गरेकामा बधाई दिँदै सरकारलाई रचनात्मक सहयोग पु¥याउन आग्रह गरे ।सांसद मीना विश्वकर्माले महाराजगञ्जस्थित शहीद गङ्गालाल हृदयरोग अस्पतालमा उपचाररत एक बालिकाको मृत्यु के कारणले भयो भन्ने प्रश्न गर्दै सो घटनाका बारेमा छानबिन गर्न माग गरे ।

सांसद मीना सुब्बाले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले ध्यान दिन र तत्कालीन राजा वीरेन्द्रको नाममा रहेको जमीन खोज गर्न सरकारसँग माग गरे ।सांसद यशोदा गुरुङ सुवेदीले कोटेश्वर कलङ्की सडक चौडा गरिए पनि सडक दुर्घटना बढेकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै ठाउँठाउँमा पैदल यात्रीका लागि आकाशेपुल बनाउन सुझावसमेत दिए ।

वि.सं.२०७६ जेठ ८ बुधवार १३:२८ मा प्रकाशित

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लुम्बिनी । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुनै...

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

काठमाडौँ । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको...

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर...

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने...

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि दिउँसो...

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका...