back
CTIZAN AD

दाउरा बेचेर विद्यालयको पढाइ खर्च जुटाउँछन बालबालिका

वि.सं.२०७३ कात्तिक २९ सोमवार

909 

shares

२९ कात्तिक, भीमदत्तनगर। कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बंकमा रहेको उदय उच्च माविमा कक्षा–८ मा अध्ययनरत १४ वर्षीय रामकृष्ण चौधरी हरेक दिन विद्यालय समय सकिएपछि दाउरा सङ्कलन गरेर झलारी बजारमा बिक्रीका लागि आउने गर्छन् ।

स्थानीय मुक्त कमैया शिविरमा आश्रय लिँदै आएका चौधरी नजिकैका सामुदायिक वन, सडक छेउछाउ र नदीले बगाएर ल्याएका दाउरा सङ्कलन गरेर साइकलको सहारामा झलारी, कलुवापुर बजारमा बिक्री गर्न थालेको दुई वर्षभन्दा बढी समय बितिसक्यो ।

“स्कुलबाट आएर दाउरा बिक्री गर्न गएन भने स्कुलको पढाइ खर्च चलाउनै सकिँदैन ।” चौधरीले भन्नुभयो– “घरको अवस्था नाजुक भएकाले नै मैले दाउरा बेच्नु परेको हो ।” रामकृष्ण चौधरी जस्तै बंक र वनहरा क्षेत्रमा मुक्त कमैया, बाढीपीडित बस्तीका बालबालिकाको दैनिकी अध्ययनसँगै दाउरा सङ्कलन र बिक्री गर्नु बनेको छ ।

त्यसैगरी झलारीपिपलाडी–७ सिमलफाँटा आरक्ष विस्थापित बस्तीका दर्जनौँ बालबालिकाको दैनिकी पनि दाउरा बेचेर आयआर्जन गर्नु नै हो । आरक्ष र सामुदायिक वन क्षेत्रमा कडाइ गरिएपछि ती दाउरा बेचेर पढाइ खर्च जोहो गर्ने बालबालिका भने समस्यामा छन् । यसरी यहाँको कृष्णपुर र झलारीपिपलाडी नगरपालिकाका विपन्न समुदायका बालबालिका दाउरा बेचेर पढाइ खर्चको जोहो गर्न थालेको वर्षौं भइसक्यो ।

बंकस्थित शिविरका अर्का किशोर नन्दकिशोर रानाले पनि फुर्सदको समयमा दाउरा सङ्कलन गरेर बिक्री गरिरहेको बताउनुभयो । उहाँले झलारी बजारमा एउटा दाउराको भारीको व्यापारीले रु १५० देखि २०० सम्म दिने गरेको बताउनुभयो । “दाउरा बेचेर स्कुल पढ्नु हाम्रो बाध्यता हो ।” उहाँले भन्नुभयो– “बुबाआमाको मजदुरीको पैसाले घर खर्च चलाउनै मुश्किल हुन्छ ।” रानाले आफूहरुको दाउराले यहाँका होटल व्यवसायीका साथै बजार क्षेत्रमा नागरिकलाई टेवा पुगेको बताउनुभयो । बालबालिकाले दाउरा बिक्री गरेको रकमले कापी कलमका साथै विद्यालयको शुल्क बुझाउनका साथै घर खर्च समेत चलाउने गरेका छन् । रासस

फाइल तस्बिर

वि.सं.२०७३ कात्तिक २९ सोमवार ०३:२५ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय...

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

काठमाडौं । सरकारले सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...