
१४ जेठ, काठमाण्डौं । पर्वतका एक दलितमाथि भएको मध्ययुगीन अत्याचारको विरुद्धमा देशभरीका दलितहरु पर्वत पुग्ने चेतावनी दिएका छन् ।
जलजला ८ पर्वतका मने दमाइद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै दलित नेता र अभियन्ताहरुले गणतान्त्रिक यूगमा पनि दलितले न्याय नपाएको प्रति आक्रोश व्यक्त गरेका छन् ।
जलजला ८ का मने दमाइले आफ्नो आमाको नाममा रहेको ९ आना जग्गा हडपेर जर्वजस्ती कब्जा गरी घर बनाएर बसेका जननिर्वाचित जनप्रतिनिधिमाथि कारबाही गरी न्याय पाउँ भनि आयोजना गरेको पत्रकार सम्मेलनमा ज्यादतीको पराकाष्ठा सहन नसकिने भन्दै अगुवाहरुले आक्रोश पोखेका हुन् ।
मैले न्याय पाउँ हजुर-मने दमाई
मेरो नाम मने दमाई हो । पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नं ८ साविक नाग्लीवाङ गाविसमा मेरो आमाकौ नाममा घरजग्गा छ । मेरा बाबाआमा कान नसुन्ने बहिरा हुनुहुन्थ्यौ । हाल बाबाको मृत्यु भैसकेको छ भने ८१ बर्षकी आमा ओछ्यानमा थला पार्नुभएको छ । म पनि शारिरीक अपाङ नै छु ।

दलित परिवारको म अशक्त मान्छे मलाई समेत कुनै जानकारी नगराई सुस्तमनस्थीतिका बाबाआमाकौ आर्थिक कठिनाइकौ फाइदा उठाउदै मेरो आमाको नाममा रहेको कि.नं १२ क्षेत्रफल ० ९.२.२ को मालढुंगा–बेनी सडकमा पन घर जग्गा जलजला गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष हरि विकास जिसीले कब्जा गरी सा जग्गामा दुईवटा घर बनाएर बसेका छन् । सौ घर रह०को जग्गाको जग्गाधनी प्रमाणपत्र मेरी आमाको नाममा छ । जो यसैसाथ संलग्न छ ।


यसबारेमा मैले पटकपटक जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा न्यायका लागि निवेदन गरे । जिल्ला प्रशासन र प्रहरी कार्यालयसमेतलै पटक पटक पहल गर्नै प्रयास गरैकौ थियो । ताकेता गर्ने क्रममा जिल्ला प्रशासनलै २ै०७२ ०२ ०५ को मितिमा पत्र संख्या ०७१ ,०७२ च न ३५७२ को पत्र काटिए पनि वडा अध्यक्ष जिसीले जग्गा फिर्ता गर्न तयार नभै उल्टै धाकधम्की देखाउने काम भएको छ ।

२०७० साल देखि मेरो जग्गा मलाई दिलाई पाउँ भनि विभिन्न संघसंस्थाहरुमा धाएँ । २०७२ सालमा जिल्ला प्रशासन कार्यालयको रोहवरमा हामी दुवै पक्षबीच छलफल त भयो तर वडा अध्यक्ष जिसीले मेरो जग्गा फिर्ता गर्न तयार भएनन् । उल्टो मैले किनेर खाएको जग्गा हो भन्न समैत पछि परेनन् । किनेर खाएकै हो भने मलाई प्रमाण देखाउ भन्दा प्रमाण देखाउन सक्दैनन् जौ सत्य थिएन ।

दलित परिवारको म आर्थिक, सामाजिक, रुपमा पछाडि परैको र शारीरिक अपाङ्गता रहेको मेरो स्थितीको फाइदा उठाइ हामी माथि वडा अध्यक्ष जस्तो व्यक्तिले अन्याय गरेका छन् । चिया, चुरोट, चिनी, चियापत्ति खाएको करिब ९ हजार रुपैयाँ बराबरको कपाली नामको तमसुक बुवालाइ झुक्याएर बनाएका उनल साहि आधारमा कब्जा गरको भन्दै आएका छन । उनको दाबि सत्य हो भने पनि बाबाले गरेको ब्यबहारलाइ नेपाल सरकारको नियम कानुनअनुसार सावा र ब्याज हिसाव गर्न हामी तयार छौ । हाम्रो परिवारको बस्ने बास र खाने गास सबै खोसेका छन् । म र मेरो परिवार सडकको बास बस्न बाध्य छौँ ।
हाम्रो परिवारको नाममा कहि कतै एक टुक्रा जमिन छैन । स्थानीय सरकारका जिम्मेवार व्यक्ति तथा धौलागिरी बस व्यवसायि समितिका सचिव समेत रहेका शक्तिशाली र धनी ब्यक्तिले म जस्तो दलित , गरीव र शारीरीक रुपमा कमजोर रहेको ब्यक्तिलाइ अलिकति पनि मानवियता नदेखाइ घर जग्गा गैरकानुनि रुपले उपयोग गर्नु भनैको संबिधान र कानुन बिपरीत छ । वडा अध्यक्ष जिसीले म र मेरो परिवारमाथि गरेको अन्यायलाइ संप्रेषण गरी मेरो आमाको नाममा रहेको हाम्रो जग्गामा हामीलाइ बस्ने ब्यबस्था मिलाइदिनका लागि संघीय सरकार, प्रदेश सरकार , स्थानीय सरकार, नागरिक समाजलाइ यो पत्रकार सम्मेलनमार्फत हार्दिक अपिल गर्दछु ।’
मने दमाई
जलजला, पर्बत
कारबाही मात्र होइन क्षतिपुर्ति समेत भराउनु पर्छ-

तीलक परियार, केन्द्रीय संयोजक, नेपाल दलितमुक्ति संगठन
सामान्ति युग अझै नगएको पुृष्टि मात्र होइन वर्गसंघर्षको काम बाँकी रहेको यो घटनाले देखाएको छ । दुई तिहाइ कम्युनिष्ट सरकारका बेला यस्तो ज्यादती सहनु हदै सम्मको लाचारी हो । हाम्रो संगठनलाई यस्तो अन्याय सहनु छैन । संविधानले दिएका हक अधिकार उपयोग गर्न र क्षतिपूर्ति भराउने आन्दोलनमा समेत लागि पर्ने उनले बताए । सरकारले न्याय दिन ढिलो गर्यो भने पीडकलाई कारबाही गर्न र पीडित मने दमाईलाई क्षतिपूर्ति दिन दलित संगठनहरुको संयुक्त आन्दोलन हुने कुरामा उनले जोड दिए ।
यसैगरी दलित नेता गणेश विकले भूमिहिन दलितलाई जग्गा दिनुपर्ने राज्यले उसैको जग्गा अर्कोेले कब्जा गर्दा पनि न्याय दिन नसकेकोमा दुःख व्यक्त गर्दै देशभरीका दलितहरु पर्वत पुग्न नपरोस् भन्ने चेतावनी दिए ।
दमाइसँग ऐक्यबद्धता जनाउँदै अर्का दलित नेता रणेन्द्र बराइलीले दकासा (दमाइ, कामी, सार्की) लाई न्याय नदिने यहाँको राज्य प्रणालीका विरुद्धको लडाइ घनिभुत बनाउनुपर्ने कुरामा जोड दिए । उनले दमाईको न्यायका लागि दलितहरुको ठूलो गर्जन आवश्यकता रहेको बताए ।
कार्यक्रममा अष्ट ज अभियानका केन्द्रीय सचिव दिनेश भुसालले कम्युनिष्टले राम राज्य ल्याउँछन् भनेर प्रतिक्षा गरेका जनताले सामाजिक न्याय नपाउनु विडम्वनै भएको बताए ।उनले पर्वतबाट नेतृत्व गर्ने राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सीना, गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारी, संघीय सांसद पदम गिरी, प्रदेशमन्त्री विकास लम्साल, कांग्रेस नेता अर्जुन जोशी लगायत जिल्लामा क्रियाशील राजनैतिक दलहरुले न्याय दिन किन सकेनन् भनेर प्रतिप्रश्न गरेका थिए ।
यस सम्बन्धमा पर्वत जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले संसारन्युजसँग भनेका छन् ‘निज मने दमाईको आमाको नाममा लालपूर्जा भएको र उपभोग अरुले गरेको भन्ने विषयमा हामीले गम्भीरतापूर्वका लिएर पहल गरिरहेको हो । सार्वजनिक सुनवाइमा समेत यो कुरो उठेको छ । प्रशासनले स्थानीय निकायलाई अनुरोध गरेको छ । यदि हाम्रा पहल र प्रयास सार्थक भएनन् भने पीडितले कानुनी उपचारको अरु बाटो पनि खोज्नुपर्छ । तथापी दुवै पक्षले मेलमिलाप गर्ने ठाउँ अझै देखिन्छ ।’
यस सम्बन्धमा जिल्ला समन्वय समिति पर्वतका सभापति मनोहर बि पौडेलले ‘पीडित मने दमाईलाई न्यायको पहल भैरहेकोले उनकी आमाको नामको जग्गा कानुन बमोजिम फिर्ता पाउने कुरामा आशावादी रहेको र वडा अध्यक्षले अनुमति नलिइकन बनाएको संरचनाको न्यायोचित हिसाब गरेर मिल्नुपर्छ भन्नेमै जोड रहेको बताएका छन् ।
त्यस्तै जलजला गाउँपालिकाकी उपप्रमुख सिमा गर्वुजाले ‘यो धेरै पुरानो विषय भएको, प्रशासनबाट पहिलेदेखि नै पहल भइरहेको र आफूले अझै विस्तृत रुपमा जान्न बुझ्न नपाएको’ प्रतिक्रिया दिँदै सहमति हुनुपर्नेमा जोड दिएकी छन् ।
‘मने दमाईको जग्गामा तपाईले घर बनाएर बसेको र उनलाई उठीबास लगाएको’ भन्ने संसारन्युजको जिज्ञासामा जलजला गाउँपालिका वडा नं ८ का निर्वाचित अध्यक्ष समेत रहेका हरि विकास जिसीले भने, ‘हेर्नुहोस्, यो पुरानो कुरा हो । २०४२ मा लेनदेनको हिसाब हुँदा म २ वर्षको मात्र थिए । मने परियारका बुबा र हाम्रा बुवा विच भएको कारोबार हो । उहाँले हामीलाई जग्गा पास गरेर दिने भनेकै कारण २०६८ मा लालपूर्जा उहाँकी आमाको नाममा बनाउन हामीले सहमति दिएका हौं । मलाई वडाअध्यक्ष भएर अर्काको जग्गा कब्जा गरेर बस्ने आरोप लगाईएको छ । उहाँहरु कागज र कानुनमा म भन्दा माथि हुनुहन्छ, त्यसैकारण मर्का नपर्ने गरी मिलौं भनेको छु मैले तपाईहरुमार्फत् पनि उहाँलाई आउँ मिलेर कुरो टुंग्याऔं भन्न चाहान्छु ।’
जलजलाका सामाजिक अभियन्ता दुर्गा बहादुर दर्जि यस सम्बन्धमा भन्छन्, ‘त्यस्तो अन्याय गर्नु हुँदैन भनेर जीसीजी लाई अनुरोध गर्दै आएका हौं । सायद न्यायकौ अनुभुति हुन नपाएपछि दमाई न्यायका लागि भौतारिइरहेको हुन सक्छन । यो स्वभाविक पनि हो । म फेरि पनि आग्रह गर्छु । प्राकृतिक न्यायको सिद्धान्त अनुसार जिसीजीले मने दमाईलाई न्यायको अनुभुति गराउन सक्नु भयो भने धेरै राम्रो हुन्छ ।
वि.सं.२०७६ जेठ १४ मंगलवार १६:०७ मा प्रकाशित




























