back

महिला बेचबिखनमा तीन जना पक्राउ

वि.सं.२०७६ जेठ १४ मंगलवार

507 

shares

१४ जेठ, हेटौँडा जिल्ला प्रहरी कार्यालय मकवानपुरले मानव बेचबिखन तथा ओसार–पसारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका–१ चौकीटोलबाट प्रहरी टोली, माइती नेपाल र साना हातहरु नेपालको सहयोगमा एक युवतीसहित दुई युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा नुवाकोट कल्याणपुर गाउँपालिका–९ घर भई हाल भारतको कलकत्ता बस्ने २४ वर्षीया कविता भन्ने मनिका तामाङ, भारतको झारखण्ड राज्यको राँची बस्ने २६ वर्षीय अंशु साहु र सोही ठाउँ बस्ने २३ वर्षीय राजाराम महतो रहेका छन् । उनीहरुले दुई युवतीलाई प्रलोभन देखाउँदै काठमाडौँबाट वीरगञ्ज हुँदै भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मानव बेचबिखन र ओसारपसारमा संलग्न भएको आरोपमा तीन जनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

वि.सं.२०७६ जेठ १४ मंगलवार १५:५५ मा प्रकाशित

Himalayan Life AD
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ । मङ्सिरस् प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा...

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...