back
CTIZAN AD

प्रम ओली मोदीको शपथग्रहणमा सहभागी हुँदै

वि.सं.२०७६ जेठ १४ मंगलवार

555 

shares

१४ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली(KP SHARMA OLI) मित्र राष्ट्र भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदी(NARENDRA MODI) को शपथ ग्रहण कार्यक्रममा सहभागी हुन बिहीबार त्यसतर्फ जाँदै छन् । आफ्ना समकक्षी मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली औपचारिक भ्रमणका लागि नयाँ दिल्ली जाने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत जनाएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुनेछ । प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य र अरु उच्च सरकारी अधिकारी पनि सहभागी हुने बताइएको छ । प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ । भारतमा हालै सम्पन्न लोकसभाको निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले बहुमत हासिल गरेपछि नेता मोदी दोस्रो पटक प्रधानमन्त्री बन्न लागेका छन् ।

वि.सं.२०७६ जेठ १४ मंगलवार १९:४४ मा प्रकाशित

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुकुम्वासी परिवारहरूमाथि जबरजस्ती...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको नौ बुँदे निर्देशन, के छ नौ बुँदामा ?

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको नौ बुँदे निर्देशन, के छ नौ बुँदामा ?

काठमाडौँ । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा...