१४ जेठ, काठमाडौँ । केहि दिन यता कतारमा रहेका नेपालीहरुले सार्वजनिक स्थलहरुमा असामाजिक रुपमा प्रस्तुत भैरहेका भन्ने विभिन्न सामाजिक सञ्जालमा भएका टिकाटिप्पणी तथा मिडियामा आइरहेका समाचारप्रति कतारस्थित नेपाली राजदूतावास(Embassy of Nepal, Doha, State of Qatar) ले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थलहरुमा असामाजिक क्रियाकलाप नगर्न सर्तक गराउँदै सम्बन्धीत देशकोे नियम कानुन तथा प्रचलित संस्कारको सम्मान गर्न भनिएको छ । यस्ता क्रियाकलापका कारण सजायको भागिदार हुनुपर्ने र आतिथ्य मुलुक तथा त्यहाँ बसोबास गरिरहेका अन्य समुदायका नेपाली समुदयाको छविमा समेत नकरात्मक सन्देश प्रवाहित हुने तर्फ सचेत गराइएको छ ।
नेपालीहरुका यस्ता गलत हर्कतले नेपाली समुदाय र नेपालप्रति नै नकरात्मक धारणा सृजना गर्न मद्दत पुग्ने भन्दै सतर्क रहन ८ बुँदे सुझाव उल्लेख गरिएको छ ।

वि.सं.२०७६ जेठ १४ मंगलवार १९:४७ मा प्रकाशित




























