back
CTIZAN AD

आदिवासी जनजातिका झाँकीसहितको ‘फुड फेस्टिबल’ कार्यक्रम सम्पन्न

वि.सं.२०७६ जेठ १५ बुधवार

831 

shares

१५ जेठ, कनकाई । मुलुकलाई समृद्ध बनाउन सबै जातजातिका मानिसहरु एकजुट हुनुपर्ने भन्दै झापाको कनकाईमा आदिवासी जनजाति समुदायले एकताको अभियान चलाएका छन् । जिल्लामा रहेका विभिन्न सात जातीय समुदायले आ–आफ्नो संस्कृति झल्कने पहिरनका साथमा सांस्कृतिक झाँकीसहितको ‘फुड फेस्टिबल’ कार्यक्रम सम्पन्न गरेर एकताको अभियान सञ्चालन गरेका हुन् ।

नेपालीको एकता र संस्कारको पहिचान देखिएको कार्यक्रममा राजवंशी, शेर्पा, राई, मगर, तामाङ, थारू र नेवार समुदायले आआफ्नो परम्परा अनुसारका खानाका परिकारसहितको बेग्लाबेग्लै स्टल राखेर कार्यक्रममा सहभागी सबैलाई निःशुल्क खानेकुरा खुवाएका थिए । झापाको कनकाई नगर वडा नं ९ स्थित कोच राजवंशी संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्रको भवन निर्माणस्थलमा सम्पन्न भएको कार्यक्रममा राजवंशी समुदायले गाजी मुरी, बेसी रोटी, पिठर भाजीको परिकार बनाएको थियो । त्यस्तै शेर्पा जातिको खाप्चे, राईको किनीमा, वाचासी, थोक्ला रहेको थियो भने मगरको सुकुटी, थुक्पा, तोङ्बालगायतको परिकार रहेको बताइएको छ । तामाङ जातिको खाप्से, आइरकलगायत रहेकामा थारू जातिको घुँगी, आलुको तरुवा, बगयाँलगायतका परिकार राखिएको थियो । नेवार समुदायले बारा, अण्डा, सिद्रा, समाइबजी, छोइलाकचेला, सेलरोटीलगायतका परिकारले सहभागीलाई स्वागत गरेको आदिवासी जनजाति महासङ्घ कनकाई नगरका अध्यक्ष धर्मलाल राजवंशीले बताए ।

महासङघ वडा समन्वय परिषद्को आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न जातीय समुदायले आ–आफ्नो संस्कृति र संस्कार झल्कने किसिमको पहिरनमा सजिएर सांस्कृतिक नृत्यसहित आफ्नै किसिमको खानाको परिकारले अन्य समुदायलाई स्वागत सम्मान गरेका थिए । स्थानीय जनप्रतिनिधिसहितको सहभागिता रहेको कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले एक जातिले अर्को जातिलाई सम्मान र सम्बोधन गर्दै यो मुलुकलाई संसारकै एउटा साझा फूलबारीका रुपमा विकास गर्नुपर्ने बताए ।

वि.सं.२०७६ जेठ १५ बुधवार ११:०८ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...