back
CTIZAN AD

लोकसेवाले माग्यो सयौँ कर्मचारी

वि.सं.२०७६ जेठ १५ बुधवार

1.1K 

shares

१५ जेठ, काठमाडौँ । लोकसेवा आयोगले देशभरका लागि सयौँ रोजगारी खुलाएको छ ।आयोगले स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक/प्राविधिक तर्फका पदहरुको लागि खुल्ला तथा समावेशी प्रयोगात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ । आयोगले अहिलेसम्मकै सबैभन्दा धेरै कर्मचारी माग गरेको हो ।

तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली psconline.psc.gov.np मार्फत्आवेदन दिनुपर्ने उक्त सूचनामा जनाइएको छ ।

त्यसैगरी आयोगले बढुवाद्वारा पदपूर्तिको सूचना पनि एकसाथ प्रकाशित गरेको छ । जसअनुसार सूचना नं ५२९/०७५–०७६ को सूचना अनुसार कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था तथा नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७६/२/६ को निर्णय बमोजिम विभिन्न स्थानीय तहमा रिक्त रहेका पदहरुको पदपूर्तिका लागि सम्बन्धित स्थानीय तहबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत प्राप्त मागहरुको प्रतिशत निर्धारणबाट कायम भएका वढुवाद्वारा पूर्ति हुने पदसंख्याको विवरणसहित आयोगको बुलेटिन सम्बन्धित स्थानीय तहमा पठाईएको आयोगले जनाएको छ ।

बढुवा तर्फका उक्त पदहरुको पदपूर्ति स्थानीय तहको सेवा सम्बन्धी कानून वमोजिम हुने बताइएको छ । उक्त विवरण आयोगको बुलेटिन तथा वेवसाईट www.psc.gov.np वाट समेत प्राप्त गर्न सकिने छ ।

वि.सं.२०७६ जेठ १५ बुधवार १०:५६ मा प्रकाशित