back

आदिवासी जनजातिका झाँकीसहितको ‘फुड फेस्टिबल’ कार्यक्रम सम्पन्न

वि.सं.२०७६ जेठ १५ बुधवार

516 

shares
GLOBAL IME AD
NTC AD

१५ जेठ, कनकाई । मुलुकलाई समृद्ध बनाउन सबै जातजातिका मानिसहरु एकजुट हुनुपर्ने भन्दै झापाको कनकाईमा आदिवासी जनजाति समुदायले एकताको अभियान चलाएका छन् । जिल्लामा रहेका विभिन्न सात जातीय समुदायले आ–आफ्नो संस्कृति झल्कने पहिरनका साथमा सांस्कृतिक झाँकीसहितको ‘फुड फेस्टिबल’ कार्यक्रम सम्पन्न गरेर एकताको अभियान सञ्चालन गरेका हुन् ।

नेपालीको एकता र संस्कारको पहिचान देखिएको कार्यक्रममा राजवंशी, शेर्पा, राई, मगर, तामाङ, थारू र नेवार समुदायले आआफ्नो परम्परा अनुसारका खानाका परिकारसहितको बेग्लाबेग्लै स्टल राखेर कार्यक्रममा सहभागी सबैलाई निःशुल्क खानेकुरा खुवाएका थिए । झापाको कनकाई नगर वडा नं ९ स्थित कोच राजवंशी संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्रको भवन निर्माणस्थलमा सम्पन्न भएको कार्यक्रममा राजवंशी समुदायले गाजी मुरी, बेसी रोटी, पिठर भाजीको परिकार बनाएको थियो । त्यस्तै शेर्पा जातिको खाप्चे, राईको किनीमा, वाचासी, थोक्ला रहेको थियो भने मगरको सुकुटी, थुक्पा, तोङ्बालगायतको परिकार रहेको बताइएको छ । तामाङ जातिको खाप्से, आइरकलगायत रहेकामा थारू जातिको घुँगी, आलुको तरुवा, बगयाँलगायतका परिकार राखिएको थियो । नेवार समुदायले बारा, अण्डा, सिद्रा, समाइबजी, छोइलाकचेला, सेलरोटीलगायतका परिकारले सहभागीलाई स्वागत गरेको आदिवासी जनजाति महासङ्घ कनकाई नगरका अध्यक्ष धर्मलाल राजवंशीले बताए ।

महासङघ वडा समन्वय परिषद्को आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न जातीय समुदायले आ–आफ्नो संस्कृति र संस्कार झल्कने किसिमको पहिरनमा सजिएर सांस्कृतिक नृत्यसहित आफ्नै किसिमको खानाको परिकारले अन्य समुदायलाई स्वागत सम्मान गरेका थिए । स्थानीय जनप्रतिनिधिसहितको सहभागिता रहेको कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले एक जातिले अर्को जातिलाई सम्मान र सम्बोधन गर्दै यो मुलुकलाई संसारकै एउटा साझा फूलबारीका रुपमा विकास गर्नुपर्ने बताए ।

वि.सं.२०७६ जेठ १५ बुधवार ११:०८ मा प्रकाशित

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

काठमाडौँ । लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले...

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

काठमाडौँ । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१...

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका...

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक...

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि जापानका राजदूत...

प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने

प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी...