back
CTIZAN AD

प्रधानमन्त्री कपः वर्षाले खेल प्रभावित, सुदूरपश्चिम र प्रदेश नं ५ ले अङ्क बाँडे

वि.सं.२०७६ जेठ १६ बिहीवार

528 

shares

१६ जेठ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर ५ ले एक एक अङ्क बाँडेका छन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेल वर्षाले प्रभावित गरेपछि सुदूरपश्चिम र प्रदेश नं ५ ले एक एक अङ्क बाँडेका हुन् । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले प्रदेश नं ५ लाई १८९ रनको मध्यम लक्ष्य दिएको थियो । १८९ को विजय लक्ष्यसहित मैदान उत्रेको प्रदेश नं ५ वर्षा बाधक बनेपछि खेल नै रोकियो । त्यसपछि खेल पुनः सञ्चालन हुन सकेन र खेल नै रद्द हुन पुग्यो ।

वर्षाले खेल रोकिनुअघि प्रदेश नं ५ ले १९ ओभरमा ४ विकेट गुमाएर ५६ रनको योगफल बनाएको थियो । प्रदेश नं ५ का लागि सुबेन्धु पाण्डेले २९ रन जोडेका थिए । सुदूरपश्चिमका विनोद लामाले २ विकेट लिएका थिए । त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १८८ रन जोडेको थियो । सुदूरपश्चिमका लागि खड्क बोहराले सर्वाधिक ६२ रनको योगदान दिँदा नरेश बोहराले ३१, नरेन्द्र साउदले २१ तथा लोकेश बमले १९ रन बनाए । प्रदेश ५ का लागि जीतेन्द्र सहानी, सिदान्त शाही र कृष्ण कार्कीले समान दुई/दुई विकेट लिए ।

वि.सं.२०७६ जेठ १६ बिहीवार १७:४८ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...