back
CTIZAN AD

नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ

वि.सं.२०७६ जेठ १६ बिहीवार

663 

shares

नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ
१६ जेठ । मलेसिया र चाइनिज ताइपेमा हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल सङ्घद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा विराज महर्जन(Biraj Maharjan) को कप्तानीमा रहेको २३ सदस्यीय नेपाली टोलीलाई युवा तथा खेलकूद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरे । नेपालले यही जेठ १९ गते मलेसियासँग खेल्नेछ भने जेठ २३ गते चाइनिज ताइपेसँग उसैको मैदानमा भिड्ने छ ।

सहभागी खेलाडीको गोलकिपरमा किरणकुमार लिम्बू, विकेश कुथु र एलेन न्यौपाने छन् भने डिफेन्डरमा विराज महर्जन, अनन्त तामाङ, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, देवेन्द्र तामाङ, अजित भण्डारी तथा रवि सिलवाल छन् ।

मिडफिल्डरमा रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, सुमन बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई र तेज तामाङ छन् भने फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, विमल राना र नवयुग श्रेष्ठ छन् । नेपाली टोली आज बेलुका मलेसिया प्रस्थान गर्नेछन् ।

वि.सं.२०७६ जेठ १६ बिहीवार १८:०८ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...