back
CTIZAN AD

‘लु’ चलेपछि जनजीवन प्रभावित, खानपानमा सर्तक रहन चिकित्सकको सुझाव

वि.सं.२०७६ जेठ १६ बिहीवार

594 

shares

(रासस) १६ जेठ । तापक्रम बढेर तातो हावा अर्थात् ‘लु’ चल्न थालेपछि बाँकेको जनजीवन प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय नेपालगञ्जका अनुसार तापक्रम गत सातादेखि ३८ देखि ४२ डिग्री सेल्सियस आसपास रहेको छ । तापक्रमस्थिर भएसँगै एक सातादेखि तातो हावा (लु) चलिरहेको छ ।

अत्यधिक तापक्रमका कारण दिउँसो घरबाट बाहिर निस्कने अवस्था छैन । गर्मी र तातो हावाका कारण विशेष गरी ग्रामीण क्षेत्रका विद्यालयको पठनपाठन प्रभावित भएको छ । विद्युत् आपूर्तिसमेत अनियमित हुँदा नेपालगञ्जलगायत आसपास क्षेत्रका बासिन्दाको जनजीवन थप कष्टकर बनेको छ ।

विद्युत् प्राधिकरण कार्यालय नेपालगञ्ज वितरण केन्द्रले सकेसम्म विद्युत् आपूर्ति नियमित गर्ने प्रयास गर्दै आएको छ । गर्मी बढ्दै गएपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पात लिएको छ । बजारमा चिसो पेय पदार्थको बिक्री ह्वात्तै बढेको छ ।

गर्मी अत्यधिक बढेसँगै यहाँका दुई स्थानीय तहले एक सातासम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । प्याब्सन, एन प्याब्सन र क्रिसाले कोहलपुर नगरपालिका र वैजनाथ गाउँपालिकाका सबै विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । प्याब्सन कोहलपुरका अध्यक्ष यम रावतले गर्मीका कारण जेठ १९ देखि २४ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।

“बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरेका हौँ । यस पटक दिइएको बिदालाई वर्षे बिदामा कटौती गरिनेछ”, अध्यक्ष रावतले बताए।

गर्मीका कारण सरुवा रोगका बिरामीको चाप बढ्दै गएको चिकित्सकले बताएका छन् । भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताललगायत अस्पतालमा बिरामीको चाप बढेको छ । ‘लु’बाट बच्न खानपानमा ध्यान दिनुका साथै पानीलाई उमालेर वा छानेर खान चिकित्सकले सुझाव दिएका छन् ।

दैनिक प्रयोग गर्ने भाँडाकुँडा सफा राख्ने, खाना खानुभन्दा अघि र पछि हात राम्रोसँग साबुन पानीले धुनुका साथै अत्यावश्यकीय कामबाहेक दिउँसोको समयमा बाहिर ननिस्कन चिकित्सकले सुझाएका छन् । भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेन्ट डा रुपानन्द अधिकारीले उपचार गर्न आउने अधिकांश भाइरल ज्वरोका बिरामी रहेको बताए ।

अस्पतालका अनुसार बहिरङ्ग कक्षमा भर्ना भएकामध्ये आधा ज्वरोका बिरामी छन् । दैनिक १०० भन्दा बढी जना उपचारका लागि आउने गरेका छन् । गर्मी बढेपछि बिरामीको सङ्ख्यामा वृद्धि भएको हो । अस्पताल भर्ना हुने अधिकांश बिरामी सरुवा रोगका छन् । गाउँका स्वास्थ्य चौकीमा पनि बिरामीको उत्तिकै चाप छ । बजार क्षेत्रका निजी अस्पताल र क्लिनिकमा पनि उपचार गर्न आउने बिरामीको सङ्ख्या अत्यधिक छ ।

वि.सं.२०७६ जेठ १६ बिहीवार १९:२७ मा प्रकाशित

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

भद्रपुर । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी...

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको...

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

भजनी (कैलाली) । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न...

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा...

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर...

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद...