back
CTIZAN AD

लोकसेवा आयोगको विज्ञापनमा कर्मचारीको असन्तुष्टि

वि.सं.२०७६ जेठ १६ बिहीवार

648 

shares

१६ जेठ, काठमाडौँ । स्थानीय तहका कर्मचारीले स्थानीय सरकार सञ्चालन ऐन–२०७४ र यसअघि आन्दोलनमा गरिएको सहमति विपरीत लोकसेवा आयोगबाट विज्ञापन गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । स्थानीय तह कर्मचारी सङ्गठनका अध्यक्ष हरिकुमार श्रेष्ठले स्थानीय सरकार सञ्चालन ऐन र आफूसंँग गरिएको सहमति विपरीत विज्ञापन गरिएको आरोप लगाएका हुन् ।

उनले अहिलेको विज्ञापनअनुसार वर्षौँदेखि स्थानीय तहमा कार्यरत कर्मचारीले भाग लिन नपाउने भएकाले त्यो ऐन विपरीत भएको बताए । “स्थानीय सरकार सञ्चालन ऐनको दफा ८७ को प्रतिस्पर्धासम्बन्धी व्यवस्थामा लोकसेवा आयोगबाट सञ्चालन हुने खुला तथा आन्तरिक प्रतिस्पर्धामा पहिलो विज्ञापनको परीक्षामा भाग लिने अवसर दिइने, त्यसमा उमेर हद नलाग्ने र असफल भएमा स्वतः अवकाश हुने भनिए पनि आन्तरिक प्रतिस्पर्धाबाट वञ्चित गरिएको छ ”, उनले बताए ।

अध्यक्ष श्रेष्ठले ऐनअनुसार आन्तरिक प्रतिस्पर्धा गर्न समेत नदिई सेवाबाट हटाउन थालिएको आरोप लगाए । आयोगले बुधबार ५१५ स्थानीय तहका लागि खुला प्रतिस्पर्धामार्फत नौ हजार १६१ कर्मचारीको पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । उनले अहिलेको विज्ञापनअनुसार आफूहरुले भाग लिन नपाउने भएकाले आन्दोलन गरिने चेतावनी दिए । विसं २०७४ भन्दा पहिले करारमा नियुक्त कर्मचारीलाई एक पटक उमेर हद नतोकी प्रतिस्पर्धा गर्न दिइने सहमति भएको थियो ।

वि.सं.२०७६ जेठ १६ बिहीवार १९:३८ मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...