back

सुर्खेतमा आयुर्वेद शिक्षालय स्थापना गरिने

वि.सं.२०७६ जेठ १८ शनिवार

648 

shares

कर्णालीमा मानव स्वास्थ्यका लागि उपयोगी अथाह जडीबुटी छन्, ती प्रयोगमा नआएर वर्षौंदेखि खेर गएका छन्, सरकारले आयुर्वेद शिक्षालय स्थापना गरेर जडीबुटीको समुचित प्रयोग गर्न सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्नेछ ।

१८ जेठ, सुर्खेत । कर्णालीका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश आयुर्वेद अस्पताललाई शिक्षालयका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वीरेन्द्रनगर–४ स्थित आयुर्वेद औषधालयमा रुरल फार्मेसीको आज उद्घाटन गर्दै उनले वैकल्पिक चिकित्सा पद्धतिलाई विस्तारका लागि शिक्षालय स्थापना गरिने बताएका हुन् ।

मन्त्री रावलले आयुर्वेद क्षेत्रको विकास गर्न कर्णालीका बहुमूल्य जडीबुटीको उपयोग गर्न प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने बताए । ‘कर्णालीमा मानव स्वास्थ्यका लागि उपयोगी अथाह जडीबुटी छन्, ती प्रयोगमा नआएर वर्षौंदेखि खेर गएका छन्,’ उनले भने, “सरकारले आयुर्वेद शिक्षालय स्थापना गरेर जडीबुटीको समुचित प्रयोग गर्न सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्नेछ ।” उनले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र र आयुर्वेद अस्पतालको स्तरोन्नति र शिक्षालय स्थापना गर्ने विषय समेट्ने प्रतिबद्धता व्यक्त गरे ।

वीरेन्द्रनगरका पूर्व नगरप्रमुख बालाराम शर्माले वैकल्पिक चिकित्सा पद्धतिको विकास तथा विस्तारका लागि प्रदेश र स्थानीय सरकारले आवश्यक कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखे । अस्पतालका पूर्व अध्यक्ष ओमबहादुर बोहराले आयुर्वेद क्षेत्र ओझेलमा परेको भन्दै आश्वासनमा मात्र नभई ठोस् कार्यक्रम ल्याउन प्रदेश सरकारलाई आग्रह गरे ।

आयुर्वेद औषधालयका प्रमुख डा शङ्करप्रसाद रिजालले जनशक्ति र भौतिक संरचना अभावले सेवा विस्तार गर्न कठिनाइ भएको गुनासो गरे । कर्णालीका साथै सुदूरपश्चिमका अछाम, पाँच ५ नं प्रदेशका बाँके, बर्दिया र दाङ जिल्लाबाट बिरामी आउने जानकारी दिए । औषधालयले प्रदेश सरकारको सहयोगमा ३२ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको छ ।

वि.सं.२०७६ जेठ १८ शनिवार ०७:२४ मा प्रकाशित

Himalayan Life AD
तिला जलविद्युत् आयोजना : ३८ दशमलव ०७ बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

तिला जलविद्युत् आयोजना : ३८ दशमलव ०७ बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा...

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा...

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतान्त्रिक पद्धतिलाई स्थापित...

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका मधेस प्रदेशसभा सदस्य...

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार र...

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

झापा । यहाँ जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन...