back
CTIZAN AD

सुर्खेतमा आयुर्वेद शिक्षालय स्थापना गरिने

वि.सं.२०७६ जेठ १८ शनिवार

762 

shares

कर्णालीमा मानव स्वास्थ्यका लागि उपयोगी अथाह जडीबुटी छन्, ती प्रयोगमा नआएर वर्षौंदेखि खेर गएका छन्, सरकारले आयुर्वेद शिक्षालय स्थापना गरेर जडीबुटीको समुचित प्रयोग गर्न सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्नेछ ।

१८ जेठ, सुर्खेत । कर्णालीका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश आयुर्वेद अस्पताललाई शिक्षालयका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वीरेन्द्रनगर–४ स्थित आयुर्वेद औषधालयमा रुरल फार्मेसीको आज उद्घाटन गर्दै उनले वैकल्पिक चिकित्सा पद्धतिलाई विस्तारका लागि शिक्षालय स्थापना गरिने बताएका हुन् ।

मन्त्री रावलले आयुर्वेद क्षेत्रको विकास गर्न कर्णालीका बहुमूल्य जडीबुटीको उपयोग गर्न प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने बताए । ‘कर्णालीमा मानव स्वास्थ्यका लागि उपयोगी अथाह जडीबुटी छन्, ती प्रयोगमा नआएर वर्षौंदेखि खेर गएका छन्,’ उनले भने, “सरकारले आयुर्वेद शिक्षालय स्थापना गरेर जडीबुटीको समुचित प्रयोग गर्न सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्नेछ ।” उनले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र र आयुर्वेद अस्पतालको स्तरोन्नति र शिक्षालय स्थापना गर्ने विषय समेट्ने प्रतिबद्धता व्यक्त गरे ।

वीरेन्द्रनगरका पूर्व नगरप्रमुख बालाराम शर्माले वैकल्पिक चिकित्सा पद्धतिको विकास तथा विस्तारका लागि प्रदेश र स्थानीय सरकारले आवश्यक कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखे । अस्पतालका पूर्व अध्यक्ष ओमबहादुर बोहराले आयुर्वेद क्षेत्र ओझेलमा परेको भन्दै आश्वासनमा मात्र नभई ठोस् कार्यक्रम ल्याउन प्रदेश सरकारलाई आग्रह गरे ।

आयुर्वेद औषधालयका प्रमुख डा शङ्करप्रसाद रिजालले जनशक्ति र भौतिक संरचना अभावले सेवा विस्तार गर्न कठिनाइ भएको गुनासो गरे । कर्णालीका साथै सुदूरपश्चिमका अछाम, पाँच ५ नं प्रदेशका बाँके, बर्दिया र दाङ जिल्लाबाट बिरामी आउने जानकारी दिए । औषधालयले प्रदेश सरकारको सहयोगमा ३२ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको छ ।

वि.सं.२०७६ जेठ १८ शनिवार ०७:२४ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...