back

अमेरिकी विदेश मन्त्री केरी यमनमा

वि.सं.२०७३ कात्तिक ३० मंगलवार

516 

shares
IME Limited
NTC AD

john-kerry

३० कात्तिक, मस्कट (ओमन) । अमेरिकी विदेश मन्त्री जोन केरी यमनमा जारी द्वन्द्व अन्त्य गरी यमनमा स्थायी शान्तिका लागि छलफल गर्नका लागि सोमबार ओमनको मस्कट आइपुग्नुभएको छ ।

ओमनी राष्ट्रिय समाचार संस्था (ओएनए न्यूज एजेन्सी)ले जनाए अनुसार अमेरिकी विदेशमन्त्री केरीले आफ्नो ओमनको दुई दिनको बसाइमा यमनमा विगत एक बर्ष नौ महिनादेखि जारी द्वन्द्व अन्त्यका लागि पहल हुने बताउनुभयो । केरीको अमेरिकी राष्ट्रपति बाराक ओवामाको विदेशमन्त्रीका रुपमा मध्यपूर्वी मुलुक यमनमा शान्ति स्थापनार्थ गरिने यो नै सम्भवत अन्तिम भ्रमण हुनेछ ।

सोमबार उहाँले ओमनी विदेश मन्त्री यूसुफ विन अलावीसँग कुराकानी गर्ने र ओमन–अमेरिका सम्वन्ध तथा यमनको द्वन्द्व अन्त्यका लागि छलफल हुनेछ । यहाँको बसाइका क्रममा केरीले ओमनी सुलतान कावुससँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।

साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले यमनी सरकारलाई इरानद्वारा सहयोगप्राप्त हुठी विद्रोहीविरुद्ध सन् २०१५ देखि चलाएको कारबाहीलाई सहजीकरण गर्दै यमनमा शान्ति स्थापनाका लागि अमेरिकी ओबामा प्रशासनको दूतका रुपमा केरीले उल्लेख्य भूमिका खेल्दै आउनुभएको छ । यद्यपि पहलले सार्थक रुप लिन सकेको भने छैन ।

यमनमा सन् २०१५ को मार्च महिनादेखि शुरुभएका द्वन्द्वमा परी अहिलेसम्म करिब सात हजार मानिसको मृत्यु भएको छ भने ३७ हजार मानिस घाइते भएका संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ ।

अमेरिकी विदेशमन्त्री केरी ओमनपछि यमन, सिरिया लगायत यस क्षेत्रको द्वन्द्व अन्त्यका लागि छलफल गर्न संयुक्त अरब इमिरेट्स जानुहुनेछ । एएफपी

वि.सं.२०७३ कात्तिक ३० मंगलवार ०४:२९ मा प्रकाशित

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

विश्वकै धनाढ्य इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन गरेका छन्...

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले...

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

वासिङ्टन । विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै...

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा भने केही कमी

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा भने केही कमी

टोकियो । टोयोटा मोटर कम्पनीले सन् २०२५ मे महिनामा विश्वभर...

एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

काबुल । पश्चिमी हेरातको इस्लाम काला सीमा पार गरेर एकै...

म्यान्मामा डिसेम्बर अन्त्यसम्ममा चुनाव गरिने : जुन्टा प्रमुख

म्यान्मामा डिसेम्बर अन्त्यसम्ममा चुनाव गरिने : जुन्टा प्रमुख

याङ्गुन । म्यान्मारको जुन्टा प्रमुखले आगामी डिसेम्बर र जनवरीमा निर्वाचन...