back
CTIZAN AD

अमेरिकी विदेश मन्त्री केरी यमनमा

वि.सं.२०७३ कात्तिक ३० मंगलवार

948 

shares

john-kerry

३० कात्तिक, मस्कट (ओमन) । अमेरिकी विदेश मन्त्री जोन केरी यमनमा जारी द्वन्द्व अन्त्य गरी यमनमा स्थायी शान्तिका लागि छलफल गर्नका लागि सोमबार ओमनको मस्कट आइपुग्नुभएको छ ।

ओमनी राष्ट्रिय समाचार संस्था (ओएनए न्यूज एजेन्सी)ले जनाए अनुसार अमेरिकी विदेशमन्त्री केरीले आफ्नो ओमनको दुई दिनको बसाइमा यमनमा विगत एक बर्ष नौ महिनादेखि जारी द्वन्द्व अन्त्यका लागि पहल हुने बताउनुभयो । केरीको अमेरिकी राष्ट्रपति बाराक ओवामाको विदेशमन्त्रीका रुपमा मध्यपूर्वी मुलुक यमनमा शान्ति स्थापनार्थ गरिने यो नै सम्भवत अन्तिम भ्रमण हुनेछ ।

सोमबार उहाँले ओमनी विदेश मन्त्री यूसुफ विन अलावीसँग कुराकानी गर्ने र ओमन–अमेरिका सम्वन्ध तथा यमनको द्वन्द्व अन्त्यका लागि छलफल हुनेछ । यहाँको बसाइका क्रममा केरीले ओमनी सुलतान कावुससँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।

साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले यमनी सरकारलाई इरानद्वारा सहयोगप्राप्त हुठी विद्रोहीविरुद्ध सन् २०१५ देखि चलाएको कारबाहीलाई सहजीकरण गर्दै यमनमा शान्ति स्थापनाका लागि अमेरिकी ओबामा प्रशासनको दूतका रुपमा केरीले उल्लेख्य भूमिका खेल्दै आउनुभएको छ । यद्यपि पहलले सार्थक रुप लिन सकेको भने छैन ।

यमनमा सन् २०१५ को मार्च महिनादेखि शुरुभएका द्वन्द्वमा परी अहिलेसम्म करिब सात हजार मानिसको मृत्यु भएको छ भने ३७ हजार मानिस घाइते भएका संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ ।

अमेरिकी विदेशमन्त्री केरी ओमनपछि यमन, सिरिया लगायत यस क्षेत्रको द्वन्द्व अन्त्यका लागि छलफल गर्न संयुक्त अरब इमिरेट्स जानुहुनेछ । एएफपी

वि.सं.२०७३ कात्तिक ३० मंगलवार ०४:२९ मा प्रकाशित

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध गाजाका लागि सहायता लिएर गएका...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...