back
CTIZAN AD

विश्वकप क्रिकेट, पाकिस्तानको पहिले ब्याटिङ

वि.सं.२०७६ जेठ २० सोमवार

618 

shares

२० जेठ, नटिङ्घम । इङ्ल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार ट्रेन्टब्रिज मैदानमा इङ्ल्यान्ड र पाकिस्तानबीचको खेल शुरु भएको छ ।
इङ्ल्यान्डका कप्तान इओन मोर्गनले टस जिती पहिले क्षेत्ररक्षण रोजेका छन् । इङ्ल्यान्डको टिममा तीव्र गतिका बलर मार्क उडलाई समावेश गरिएको छ ।

इङ्ल्यान्डले पहिलो उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई १०४ रनले पराजित गरेको थियो भने पाकिस्तान वेस्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो ।

इङ्ल्यान्डको टिममा जेसन रोय, जोन्नी बेयरस्ट, जो रुट, इओन मोर्गन (कप्तान), जस बट्लर, बेन स्टोक, मोइन अली, क्रिस वोक्स, आदिल रसिद, जोफ्रा आर्चर र मार्क उड रहेका छन् ।

पाकिस्तानी टिममा फखार जमान, इमाम-उल-हक, बाबर आजम, मोहम्मद हाफीज, सरफराज अहमद, शोएब मलिक, आसिफ अली, शादाब खान, हसन अली, वाहाब रियाज र मोहम्मद आमिर रहेका छन् ।

वि.सं.२०७६ जेठ २० सोमवार १६:०९ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...