back
CTIZAN AD

सिरिया कारबम विस्फोटमा १९ को मृत्यु

वि.सं.२०७६ जेठ २० सोमवार

828 

shares

२० जेठ,आजाज, सिरिया । विद्रोहीको बलियो प्रभाव रहेका सिरियाको उत्तरपश्च्मिी शहरमा भएको कारबम विस्फोटमा परी आइतबार कम्तीमा १९ व्यक्तिको मृत्यु भएको सिरियाली युद्धको अनुगमन गरिरहेका मानव अधिकार समूहले जानकारी दिएका छन् ।

आजाजमा भएको यस विस्फोटमा परी चार बालबालिकाको पनि मृत्युभएको बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ ।

यस आक्रमणमा परी २० जनाभन्दा बढी घाइते भएका पनि अधिकारवादी समूहले जानकारी गराएका छन् ।

“विस्फोट हुँदा कैयौँ इस्लाम धर्मावलम्बीहरू साँझको प्रार्थनाबाट बाहिरिँदै गरेका थिए,” उक्त मानव अधिकारवादी समूहका प्रमुख रमी अब्दुल रहमानले बताए ।

मारिनेमा आउँदै गरेको इद–उल–फितरको विदाका अवसरमा लुगाफाटो तथा उपहार किन्न बजार गएका व्यक्तिहरू पनि रहेका अस्पतालका एक अधिकारी जिहाद बेरोले बताए ।

वि.सं.२०७६ जेठ २० सोमवार १६:०१ मा प्रकाशित

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...