back
CTIZAN AD

नेपाल लाइफलाई “फाईनान्सियल ईन्टिच्यूसन अफ द इयर, ईन्स्योरेन्स कम्पनी” अवार्ड

वि.सं.२०७३ कात्तिक ३० मंगलवार

912 

shares

awardनेपाल लाइफ इन्स्योरेन्स कम्पनी बेस्ट प्राक्टिसेस अर्वाड २०१६ अन्तर्गत “फाईनान्सियल ईन्टिच्यूसन अफ द इयर, ईन्स्योरेन्स कम्पनी अवार्ड” बाट पुरष्कृत भएको छ ।
बिश्वव्यापी परामर्शदाता फो्रस्ट एण्ड सुलिभानले काठमाडौंमा आयोजना गरेको पहिलो “बिकास अन्वेषण र नेतृत्व सम्मेलन २०१६” नामक कार्यक्रमको अवसरमा उक्त पुरस्कार प्रदान गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झालाइ उक्त अवार्ड प्रदान गरिएको हो । कार्यक्रममा अवार्ड लिदैं झाले अवार्ड सम्पूर्ण कर्मचारी, अभिकर्ताहरुको मेहनत तथा संचालक समितिको मार्गदर्शनको प्रतिफल रहेको बताउनु भएको थियो ।
कार्यकारी अधिकृत झाले बीमा क्षेत्रको पहुँच अझै पनि कुल जनसंख्याको ६÷७ प्रतिशत मात्रै भएको तथा हालै गएको विनाशकारी भुकम्पमा ज्यान गुमाउने हरुमा न्यून जीवन बीमा गरेको यथार्थलाई ध्यानमा राख्दै आगामी दिनमा सबै एकजुट भएर यसको दायरा बढाउनमा लागी पर्ने बताउनु भयो ।
विगत तीन वर्षदेखि न्यु विजनेस एज प्रालिद्धारा आयोजित “ बेस्ट म्यानेजमेन्ट लाइफ इन्स्युरेन्स कम्पनी अर्वाड” प्राप्त गरिसकेको उक्त कम्पनीले

कम्पनीले चालु आ.व. २०७३÷७४ को प्रथम त्रैमासिक अवधिसम्ममा बैदशिक रोजगार बीमाशूल्क समेत गरि प्रथम बर्ष बीमाशुल्क आम्दानी करिब रु.६२ करोड हासिल गरेको तथा नविकरण बीमा शुल्क करिब रु.२०९ करोड हासिल गरि कुल बीमाशुल्क आम्दानी करिब रु.२७१ करोड हासिल गरिसकेको छ ।
कम्पनीले समग्र जीवन बीमा क्षेत्रमा सर्वाधिक बजारहिस्सा ओगटी एक अग्रणी कम्पनीको रुपमा उभ्याउन सफल भएको पनि जनाएको छ ।

वि.सं.२०७३ कात्तिक ३० मंगलवार ११:२४ मा प्रकाशित

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

सिद्धार्थनगर (भैरहवा) । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार...

बैंकहरुमा नयाँ ब्याजदर लागू , ६ वटाले घटाए ब्याजदर

बैंकहरुमा नयाँ ब्याजदर लागू , ६ वटाले घटाए ब्याजदर

काठमाडौं । नेपालका वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर...

सामान्य अंकले बढ्यो नेप्से

सामान्य अंकले बढ्यो नेप्से

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज...

सामसुङले ग्यालेक्सी बड्स४ प्रो सार्वजनिक

सामसुङले ग्यालेक्सी बड्स४ प्रो सार्वजनिक

काठमाडौं । Samsung ले नयाँ वायरलेस इयरबड Samsung Galaxy Buds4...