back
CTIZAN AD

मालिक फरार भएपछि अलपत्र परेका नेपाली कामदार मध्ये दुई नेपाल फिर्ता

वि.सं.२०७३ कात्तिक ३० मंगलवार

987 

shares

nepali-kamdarकुमारअविरलपन्थी, कतार कतारमा करिव दुई महिना देखि अलपत्र परेका दश नेपाली मध्ये दुइ जना गत सोमबार स्वदेश फर्किएका छन ।

गुल्मी सेवा समाज कतारको पहल, नेपाली राजदूतावास कतारको विशेष सहयोग तथा झविन्द्र आचार्यको निरन्तर प्रयासमा तिलक भुजेल र अम्बर थेगिंग नेपाल फर्किन पाएका हुन ।

बिगत २ महिना देखि कम्पनि मालिक फरार भएपछि मोरंगका तिलक भुजेल, अम्बर थेगिंग, सुनसरीका अजय चौधरी, झापाका दिपेन ताजपुरिया, धनकुटाका रत्न भुजेल, नवलपरासीका भगवान गुप्ता, बिनोद चमार, रुपन्देहीका ओम प्रकाश पासी, र गुल्मीका गंगा बहादुर थापा र बिर बहादुर बि.क. अलपत्र परेका थिए ।

जस मध्ये तिलक भुजेल र अम्बर थेगिंग नेपाल फर्किएका छन । बाकि रहेका ८ जना नेपालीलाई एक हप्ता भित्रमा नेपाल फर्काउन पहल भइरहेको आचार्यले जानकारी दिए । आचार्य भन्छन, नेपाली दूतावास कतार र हाम्रो पहल जारी छ कम्पनि मालिकलाई दूतावास र हामीले पटक पटक सम्पर्क गरिरहेका छौ, उसले विभिन्न बहाना बनाएर उम्किन खोजिरहेको देखिन्छ । तर हामीले कुनै पनि हालतमा उम्कन नदिई पीडितले पाउन पर्ने न्याय र अधिकार दिलाएर कानुनी प्रकृया मिल्ना साथ बाकी रहेका सबै नेपालीलाई स्वदेश फर्काउने छौ ।

यदि अल वाजिर कम्पनीका मालिक र मेनपावर कम्पनीले टिकट उपलब्ध नगराए पनि ३/४ दिन भित्रमा आफुले नै सबै ब्यबस्था मिलाएर पिडितलाई स्वदेश पठाउने आचार्यले दाबी समेत गरेका छन ।

अल वाजिर कम्पनीका मालिक (मोबाइल नम्बर ५५४६९६९२) कामदारलाई बिचल्ली बनाएर करिब २ महिना देखि सम्पर्क बिहिन रहेको भनि विभिन्न मिडियामा समाचार प्रकाशित भएपछी कम्पनि मालिक सम्पर्कमा आएर ५ जनालाई १ हजार रियालका दरले ५ हजार कतारी रियाल उपलब्ध गराएको थिए । बाकि पाच जनालाई केहि दिन भित्र बाकि रहेको रकम उपलब्ध गराउने बताए पनि अहिले कम्पनि मालिक पुनः सम्पर्क बिहिन बनेका छन ।

काठमाडौंको बसुन्धरा स्थित ग्लोबल डाइनामिक मेनपावरबाट पाच जना एक बर्ष अघि र पाच जना छ महिना अघि मासिक १००० रं २०० तलबमा कतार आएका थिए । कम्पनी र मेनपावर बीच समन्वय गर्ने दिपु भन्ने (मोबाइल नम्बर ७०४४३७४७) जसले उक्त कम्पनीमा काममा लगाएका थिए र अहिले दिपु पनि सम्पर्क बाहिर छ पिडितहरु बताउछन ।

कम्पनिले बिचल्ली बनाएर अलपत्र परेका पिडितहरुलाई  खाना  समस्या परेपछि निरन्तर रुपमा गुल्मी सेवा समाज कतारले खाद्यान्न सहयोग गर्दै आइरहेको छ । कतारमा स्थापित अन्य सामाजिक सस्थाले पनि उनीहरुलाई राहत उपलब्ध गराएको  पिडितहरुले बताएका छन ।

नेपाली फर्किएका तिलक भुजेल र अम्बर थेगिंगले गुल्मी सेवा समाज, नेपाली राजदुतावास कतार, झविन्द्र आचार्यलाई बिशेष धन्यवाद प्रकट गरे। साथै उनीहरुलाई सहयोग पुराउने यहाका बिभिन्न सामाजिक सस्थाहरु प्रति पनि आभारी रहेको बताउदै बाकि रहेका ८ जनालाई छिटै नेपाल पठाई दिन समेत आग्रह गरेका छन ।

वि.सं.२०७३ कात्तिक ३० मंगलवार १०:५७ मा प्रकाशित

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...