Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

कास्केली समाज बेल्जियमलाई पूर्णता



belgiumकास्की जिल्लाबाट बेल्जियम पुगेका कास्केलीहरु एकजुट भएका छन् ।
गत जुलाइ १० मा बेल्जियमको लुभेनमा सम्पन्न गरिएको कास्केलीहरुको भेलाले गठन गरेको तर्दथ समितिलाई पूर्णता दिदैै १६ अक्टोबरका दिन गम बहादुर गुरुङको अध्यक्षतामा २१ सदस्यीय कास्की समाज बेल्जियम गठन गरिएको हो ।
कास्केलीहरुको बीचमा आपसी भाइचारा, सद्धभाव, सहयोग र मित्रताको भावना अभिवृद्धि गर्ने तथा सुख दुःखमा साथ दिने पवित्र उद्धेश्यले गठन गरिएको उक्त समाजको वरिष्ठ उपाध्यक्षमा डिल्लीराम भण्डारी, उपाध्यक्ष शिव तिमिल्सिना, महासचिव तिर्थ धमला, सचिव राजेन्द्र कार्की, कोषाध्यक्ष बैकुण्ठ पहारी र सदस्यहरुमा रामचन्द्र सुवेदी, रमेश लामिछाने, कृष्ण अधिकारी, जनक सुवेदी रहेका छन भने अन्य रिक्तपद पछि पदपुर्ति गरिने समाजले जनाएको छ ।
तर्दथ समितिका संयोजक पूर्ण तिम्सिनाको संयोजकत्व र जेष्ठ सदस्य मदन गुरुङको आतिथ्यता तथा बेल्जियममा रहेका नेपाली संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थितिमा गठन गरिएको उक्त अधिबेशन को संञ्चालन तर्दथ समितिका सचिव होम गुरुङले गरेका थिए ।
गम बहादुर गुरुङको मन्तव्य र मिन गुरुङको स्वागत गीतबाट सुरु भएको अबिधेशनको उद्घाटन विशेष अतिथि मदन गुरुङले पानसमा बत्ति बालेर गरेका थिए ।
दुईचरणमा आयोजित उक्त अधिबेशनको बन्द शत्रमा विधान समितिका उपसंयोजक डिल्लीराम भण्डारीले प्रस्तावित विधान बढेर सुनाएका थिए भने सभापति पूर्ण तिम्सिनाले नयाँ कार्यसमितिलाई खादा लगाइदिएर कार्यकाल सफलताको कामना गरेका थिए ।


-->

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

खेमराज गौतम, ढोरपाटन (बागलुङ) । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको

काठमाडौँ । वरिष्ठ पत्रकार याम शर्मा पौडेलको निधन भएको छ । ७० बर्षको उमेरमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका ५३ वर्षीय चन्द्रकान्त डुम्रेले मौसमी तथा बेमौसमी