back
CTIZAN AD

कास्केली समाज बेल्जियमलाई पूर्णता

वि.सं.२०७३ कात्तिक ३० मंगलवार

1.2K 

shares

belgiumकास्की जिल्लाबाट बेल्जियम पुगेका कास्केलीहरु एकजुट भएका छन् ।
गत जुलाइ १० मा बेल्जियमको लुभेनमा सम्पन्न गरिएको कास्केलीहरुको भेलाले गठन गरेको तर्दथ समितिलाई पूर्णता दिदैै १६ अक्टोबरका दिन गम बहादुर गुरुङको अध्यक्षतामा २१ सदस्यीय कास्की समाज बेल्जियम गठन गरिएको हो ।
कास्केलीहरुको बीचमा आपसी भाइचारा, सद्धभाव, सहयोग र मित्रताको भावना अभिवृद्धि गर्ने तथा सुख दुःखमा साथ दिने पवित्र उद्धेश्यले गठन गरिएको उक्त समाजको वरिष्ठ उपाध्यक्षमा डिल्लीराम भण्डारी, उपाध्यक्ष शिव तिमिल्सिना, महासचिव तिर्थ धमला, सचिव राजेन्द्र कार्की, कोषाध्यक्ष बैकुण्ठ पहारी र सदस्यहरुमा रामचन्द्र सुवेदी, रमेश लामिछाने, कृष्ण अधिकारी, जनक सुवेदी रहेका छन भने अन्य रिक्तपद पछि पदपुर्ति गरिने समाजले जनाएको छ ।
तर्दथ समितिका संयोजक पूर्ण तिम्सिनाको संयोजकत्व र जेष्ठ सदस्य मदन गुरुङको आतिथ्यता तथा बेल्जियममा रहेका नेपाली संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थितिमा गठन गरिएको उक्त अधिबेशन को संञ्चालन तर्दथ समितिका सचिव होम गुरुङले गरेका थिए ।
गम बहादुर गुरुङको मन्तव्य र मिन गुरुङको स्वागत गीतबाट सुरु भएको अबिधेशनको उद्घाटन विशेष अतिथि मदन गुरुङले पानसमा बत्ति बालेर गरेका थिए ।
दुईचरणमा आयोजित उक्त अधिबेशनको बन्द शत्रमा विधान समितिका उपसंयोजक डिल्लीराम भण्डारीले प्रस्तावित विधान बढेर सुनाएका थिए भने सभापति पूर्ण तिम्सिनाले नयाँ कार्यसमितिलाई खादा लगाइदिएर कार्यकाल सफलताको कामना गरेका थिए ।

वि.सं.२०७३ कात्तिक ३० मंगलवार १०:४६ मा प्रकाशित

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...