back
CTIZAN AD

विदेशीकरणको षडयन्त्रका विरुद्धमा उठ्न नेपालका वरिष्ठ नागरिकहरुको अपिल

वि.सं.२०७३ कात्तिक ३० मंगलवार

1K 

shares

३० कात्तिक, काठमाडौं । नेपालको सामाजिक  क्षेत्रका केही वरिष्ठ नागरिकहरुले  विदेशीकरणको षडयन्त्रका विरुद्ध लाग्न सबै नेपालीलाई अपिल गरेका छन् ।

जलश्रोतविद् डा. द्वारिकानाथ ढुंगेल, मानवशास्त्रि, डा.प्रेम खत्रीर्,   राजनीतिज्ञ अनारसिं कार्की लेखक तथा पत्रकार आनन्दराम पौडेल, जलश्रोत विज्ञ डा.दीपक ज्ञवाली, लेखक तथा विष्लेषक भरत दाहाल लगायतको  समुहले  जारी रेको अपिलमा भनिएको छ, “विकास निर्माण र रोजगारिको अभावमा नागरिकहरु धमाधम विदेश पलायन भैरहेका छन्, भू–कम्प पिडितहरु दर्दनाक अवस्थामैं छन्, चौतर्फि अराजकता र दण्डहिनताको शासन छ, नेपालभित्र विदेशी शक्तिहरुको नाङ्गो नाँच चलिरहेको छ, लुटको प्रवृति राजनीतिको पेशाका रुपमा स्थापित भएको छ, देशको क्षेत्रिय अखण्डताको समस्या यथावत् छ तर यस्ता समस्याहरुलाई नदेखेझैं गरेर सरकार र दलहरु विदेशीहरुलाई नागरिकता बाँड्ने र अङ्गिकृत नागरिकहरुको अधिकार स्थापनामा केन्द्रित भएका छन् ।

देशका हरेक ठाउँमा (ईलाका–ईलाकासम्म) नागरिकता दिने प्रशासनिक निकायहरुको उपस्थिति छ र सहज किसिमले निर्वाध रुपमा नेपालीहरुका नाममा नागरिकता वितरण भैरहेको छ । साधारण नागरिकले सहज रुपमा नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था र बन्दोबस्त २०६३–०६४ सालमा २२ लाख भारतीयहरुलाई नागरिकता बाँडेको षडयन्त्रको निरन्तरताको अर्को चरणका रुपमा संविधान संसोधनको प्रयास हुन थालेको देखेर आम राष्ट्रवादी नेपालीहरु आक्रोस, घृणा र क्षोभ मिश्रित आश्चर्यमा परेका छन् ।

घुम्ति टोलिका माध्यमबाट नागरिकता वितरण गर्ने बहानामा सरकार र त्यससंग संबद्ध दलहरुको पहलमा ल्याउन खोजिएको संविधान संसोधन विधेयक विदेशी योजना हो भन्ने कुरामा कुनै संका छैन । विना आधार र कुनै व्यक्ति विदेशी नागरिक हो भन्ने कुरा थाहा भएर पनि घुम्ति टोलीलाई घुसपैठिया अबान्छित तत्वहरुको घेरामा पारेर नागरिकता वितरण गराउने र अङ्गिकृत नागरिकहरुलाई संवैधानिक निकायहरुमा पहुँच दिने गरी सुरु भएको यो षडयन्त्र नेपालमा भारतीयहरुको बहुमत बनाउने योजना हो ।

जनतालाई एउटा समस्या देखाएर अल्मल्याउने र एकपछि अर्को गरेर देशको अस्तित्व नै समाप्त पार्ने विदेशी योजना ०६३ सालदेखि तिब्र बनेको छ । यो विदेशी षडयन्त्रले फेरि खतरनाक रुपमा टाउको उठाएको छ । बाह्य शक्तिहरुको हातको हतियारका रुपमा देशका विरुद्धमा सकृय तत्वहरु दलको आवरणमा अरु कसैका लागि संगठित गरिएका हुन्, यीनीहरुबाट देशका समस्याहरु समाधान हुने छैनन् बरु देशलाई विदेशीहरुको पोल्टामा हालिदिनेछन् भन्ने तथ्य असंदिग्ध रुपमा पुष्टि भैसकेको छ ।

चुनावको हल्लासंगै सुरु हुन थालेको यस्तो घृणित कर्म नेपाललाई विदेशी नागरिकहरुको थलोका रुपमा परिणत गर्ने रणनीतिको अङ्ग हो र यस्तो काम गर्न खोज्नेहरु देशद्रोहिहरु हुन् । आफ्नो तुच्छ स्वार्थका लागि देशको सार्वभौम अस्तित्व समाप्त पार्ने बद्नियतले यस्तो काम गर्न उद्दत देशद्रोहि÷भ्रष्टाचारि तत्वहरुलाई राष्ट्रिय रुपमैं बहिष्कार गरेर राष्ट्र जोगाउने दिशामा संगठित भै एकजुटताका साथ अघि बढ्न हामी देश तथा विदेशमा रहेका सबै राष्ट्रवादी नेपालीहरुमा हार्दिकतापूर्वक अनुरोध गर्दछौं ।”

अपिल गर्नेहरुमा

डा. द्वारिकानाथ ढुंगेल (जलश्रोतविद्), डा.प्रेम खत्री (मानवशास्त्रि), अनारसिं कार्की (राजनीतिज्ञ), आनन्दराम पौडेल (लेखक÷पत्रकार), डा.दीपक ज्ञवाली (जलश्रोत विज्ञ), भरत दाहाल (लेखक÷विष्लेषक), आदित्यमान श्रेष्ठ (बरिष्ठ पत्रकार तथा राजनीतिक विष्लेषक), डा. प्रेमसिं बस्न्यात (सैनिक विज्ञ तथा पूर्व जर्नेल), कल्याणदेव भट्टराई (भू–गर्भविद्),  डा. शोभा पोख्रेल, पवन ओझा (पूर्व महान्यायाधिवक्ता),  त्रिलोकसिं थापा मगर (बरिष्ठ समाजशास्त्रि),  डा.रत्नसंसार श्रेष्ठ (जलश्रोतविज्ञ), डा.रामप्रसाद उप्रेति (चिकित्सक),  रेशम विरही (बरिष्ठ पत्रकार÷साहित्यकार),  प्रा.डा. बाबुरामसिं थापा (वीर अमरसिं प्रतिष्ठान),  प्रा.डा. विणा पौडेल (संस्कृतिविद्), डा. राज्यलक्ष्मी श्रेष्ठ (संस्कृतिविद्),  रामराज कुँवर (वीर बलभद्र प्रतिष्ठान), रामबहादुर थापा (वीर भक्ति थापा अध्ययन केन्द्र), दिवाकर विक्रम शाह (बहादुर शाह प्रतिष्ठान), सहदेव थापा (वीर अमरसिं प्रतिष्ठान), गोबिन्दप्रसाद दुलाल (टंकप्रसाद प्रतिष्ठान),  अरबिन्द रिमाल (टंकप्रसाद प्रतिष्ठान), शेषकान्त खनाल (पूर्व सहसचिव, योजना आयोग), केशवलाल श्रेष्ठ (शिक्षाविद्), रतन भण्डारी (जलश्रोत विज्ञ), जनकमान डङ्गोल (लेखक÷पत्रकार), डा.विनोद न्यौपान (संघीयता विज्ञ), डा. शास्त्रदत्त पन्त (जनप्रशासन विज्ञ), चक्रबन्धु अर्याल (पूर्व रक्षा सचिव), डा.बिष्णु दाहाल (संस्कृत व्याकरण विज्ञ), पेशल निरौला ( उप–प्रा. इतिहास), विनोद अधिकारी (पूर्व सहसचिव),प्रा.डा.सुरेन्द्र केसी (राजनीतिक विष्लेषक, प्रा.डा.भूवदेव त्रिपाठी (व्यवस्थापन विज्ञ,अधि. बालकृष्ण न्यौपाने (वरिष्ठ कानून व्यवसायी), प्रा.डा.जनार्दन शर्मा (राजनीति शास्त्र), माधव लम्साल (प्रा. तथा वीर अमरसिं प्रतिष्ठान)), चन्द्रबहादुर थापा, सागर (पूर्व माओवादी लडाकु), भरत बस्नेत (होटेल व्यवसायी), डा.ललन चौधरी (राजनीतिककर्मी), प्रा.डा. शम्भु खनाल, प्रकाश खड्का (क्याम्पस प्रमूख),  चेतेन्द्रजङ्ग हिमाली (नागरिकता विज्ञ)

वि.सं.२०७३ कात्तिक ३० मंगलवार ०९:५१ मा प्रकाशित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले बारा जिल्लामा बलात्कारपछि हत्या...

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किँदै गएपछि १५...

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई लिएर...

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता...