back
CTIZAN AD

कोटेश्वर–कलङ्की सडक नबन्दा हैरान छन् स्थानीय

वि.सं.२०७३ कात्तिक ३० मंगलवार

867 

shares

३० कात्तिक, ललितपुर । बिरामी छोरीलाई जचाउन पाटन अस्पताल लैजान लाग्नुभएकी जडीबुटीकी सीता न्यौपाने झन्डै डेढ घन्टासम्म बालकुमारीमा ट्राफिक जाममा पर्नुभयो ।

कोटेश्वरस्थित कार्यालय जानका लागि दैनिक माइतीघर घुम्ने गरेको सातदोबाटोका प्रकाश रानाले भन्नुभयो, ‘एकातिर जाममापर्ने चिन्ता र अर्कातिर चक्रपथमा उड्ने धुलोका कारण म दोब्बर लामो बाटो हुँदै दैनिक कार्यलय पुग्छु’ ।

झन्डै चारवर्ष पहिले सुरु भएको चक्रपथ अन्तर्गतको कोटेश्वर–कलङ्की सडक निर्माण नसकिँदा सीता र प्रकाश जस्तै धेरै स्थानीयवासी हैरान भएका छन् । काठमाडौँ र ललितपुर जिल्लालाई समेटेको चक्रपथको बढी भाग ललितपुर जिल्लामा पर्छ ।

ललितपुर जिल्लामा चक्रपथ अन्तर्गतपर्ने पूरै सडक अहिले अस्तव्यवस्त छ । बिहानदेखि बेलुका जुनसुकै समयमा आवतजावत गर्न गाह्रो भए पनि कार्यलय समयमा सडक अस्तव्यस्त हुने राना बताउनुहुन्छ । मोटरसाइकल चालकलाई धुलोका कारण ओहोरदोहोर गर्न समेत कठीन छ । उहाँ भन्नुहुन्छ, ‘सवारी चाप अति भएको सडक भए पनि सडक चिन्ह नहुँदा दुर्घटनाको समेत उतिकै डर छ ।’ सातदोबाटोबाट कोटेश्वर जान वैकल्पिक सडकका रुपमा जावलाखेल–माइतीघर सडक छ । यो सडक लामोहुनुका साथै थापाथलीमा पनि दैनिक जाम हुने समस्या छ ।

निर्माणाधीन यही सडक अन्तर्गत बल्खु क्षेत्रमा समेत दैनिक जाम हुने गरेको छ । ठीक समयमा निस्कदा कलेज नै ढिला पुगेको अनुभव पाटन क्याम्पसमा अध्ययनरत कलङ्कीकी विद्या महतले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘कलङ्कीबाट लगनखेल पुग्न पनि डेढदुुई घन्टा पहिले निस्कनुपर्ने अवस्था छ ।’ पूर्व जाने ठूला बस यही सडक हुँदै जाने भएकाले साँझको समयमा दैनिक जाम हुने गरेको छ ।

‘सडकका कारणले नागरिक मात्रै नभएर ट्राफिक प्रहरी समेत पीडित छन्।’ महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेथु भन्नुहुन्छ, ‘यो सडकखण्डमा धुवाँ र धुलोले गर्दा काममा खटिएका टाफिक प्रहरी समेत हैरान भएका छन् ।’

काममा निस्कँदा सुकिलो लुगा लगाएर चिटिक्क परेको प्रहरी जवान बेलुका फर्कदासम्म चिन्नै नसक्ने अवस्थामा पुग्छ । धुलोले गर्दा ट्राफिक प्रहरीमा धेरै खालका स्वास्थ्य समस्या समेत देखिन थालेको छ । उहाँ भन्नुहुन्छ, ‘दैनिक झन्डै दुईजना ट्राफिक प्रहरी प्रदुषणका कारणले बिरामी परिरहेका छन् ।’

काठमाडौँ चक्रपथ सुधार आयोजनाले कलङ्की– कोटेश्वर सडक निर्माणको झन्डै ४८ प्रतिशत काम सकिएको बताएको छ । आयोजनाका इञ्जिनियर रमेश दृष्टिले सन् २०१७ को जुलाइसम्ममा सडक सम्पन्न लक्ष्य रहेको जानकारी दिनुभयो । चिनियाँ सहयोगमा निर्माण भइरहेको यो सडक पहिले सन् २०१६ को जनवरीसम्म सक्ने गरी सम्झौता भएको थियो । भूकम्प, नाकाबन्दी र इन्धन अभावले गर्दा केही समय ढिलाइ भएको उहाँले बताउनुभयो ।

आगामी वर्षको वर्षा पहिले पाँच किलोमिटर सडक कालोपत्रे हुने गरेर काम भइरहेको छ । अझै पनि कतिपय कार्यलयसँग समन्वय हुननसक्दा काममा ढिलाइ भएको छ । उहाँले भन्नुभयो, ‘बिजुलीको खम्बा हटाउन हामीले पटक÷पटक पत्राचार गरेका छौं, तर काम भएको छैन ।’ रासस

वि.सं.२०७३ कात्तिक ३० मंगलवार १२:३० मा प्रकाशित

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९...

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आर्थिक...

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...