Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

चक्कु प्रहार गरेर आफ्नै साथीको हत्या



३० कात्तिक, म्याग्दी । देवीस्थानमा आफ्नै साथीले चक्कु प्रहार गर्दा एक युवकको मृत्यु भएको छ ।

दरवाङ– २ लामेलाका टीकप्रसाद रोकाले गए राति चक्कु प्रहार गर्दा देवीस्थान– ८ का २४ वर्षीय खबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चक्कु प्रहारबाट घाइते पुनकोे जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।

अभियुक्त देवीस्थान– ८ स्थित ससुरालीमा बस्दै आएका १९ वर्षीय रोकालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ । अनुसन्धानका क्रममा रोकाले दुई जनासँगै बसेर मदिरा सेवन गरेको र एकापसमा भनाभन हुँदा पुनलाई आफूले चक्कु प्रहार गरेको खुल्न आएको प्रहरीले जनाएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम