back

महिलालाई पत्रकारिता तालीम प्रदान

वि.सं.२०७६ जेठ २३ बिहीवार

492 

shares

२३ जेठ, वीरगञ्ज । नेपाल प्रेस युनियन पर्सा शाखाले आजदेखि दुईदिने लैङ्गिक समता र सुरक्षासम्बन्धी पत्रकारिता तालीम शुरु गरेको छ ।

महिलालाई पत्रकारिता क्षेत्रमा ल्याएर समाजप्रति उत्तरदायित्व बनाउने उद्देश्यले सञ्चालित सो तालीममा पर्सामा कार्यरत २० जना महिलाको सहभागिता रहेको छ ।

उक्त तालीमको उद्घाटन गर्दै नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का सभापति दीपेन्द्र चौहानले तालीमले महिलाको दक्षता वृद्धि गरी समाजप्रति उत्तरदायित्व बनाउने बताए ।

नेपाल प्रेस युनियन पर्साका सभापति रामनारायण कुर्मीको सभापतित्वमा भएको सो तालीमको उद्घाटन समारोहमा सञ्चारकर्मी आरसी यादव, रितेश त्रिपाठी, पटेर्वासुगौली गाउँपालिकाका उपाध्यक्ष ममता महतो, वीरगञ्ज महानगरपालिकाका उपप्रमुख शान्ति कार्की, नेपाल पत्रकार महासङ्घ पर्सा अध्यक्ष श्याम बञ्जारे, वरिष्ठ पत्रकार चन्द्रकिशोर झा, प्रशिक्षक रिन्कु गायत्री मिश्राले महिलाको अवसर र अधिकारबारे प्रकाश पारेका थिए ।

वि.सं.२०७६ जेठ २३ बिहीवार १५:३१ मा प्रकाशित

Himalayan Life AD
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ । मङ्सिरस् प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा...

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...