back
CTIZAN AD

धानखेती छोडेर सुन्तला खेती गर्दै बिहुँका किसान

वि.सं.२०७६ जेठ २३ बिहीवार

654 

shares

 

२३ जेठ, बाग्लुङ । विस २०५८ मा कोदो, मकै फल्ने बारी मासेर छोराले सुन्तलाका बिरुवा रोप्दा खेतीपाती मास्नु हँुदैन भनेर गाली गर्ने काठेखोला गाउँपालिका–६ बिहुँका ९० वर्षीय नरिश्वर कँडेलको धारणा अहिले परिवर्तन भएको छ । अन्नबाली खाने बारी मासेर सुन्तला लगाएर के खाने सुन्तला मात्र खाएर भएन भन्ने नरिश्वर कँडेलले अहिले आफ्ना तीन छोरालाई बारी मात्र हैन धान फल्ने खेतमा सुन्तला लगाउन सल्लाह दिन्छन् ।

“खेतीपातीलाई वर्षभरि दुःख गर्दा खान मात्र पुग्ने रहेछ”, नरिश्वर कँडेलले भने, “सुन्तलाबाट कृषकलाई मनग्य आम्दानी हुँदो रहेछ ।” नरिश्वर कँडेलका तीन छोराको मात्र हैन, बिहुँका अधिकांश किसानको आम्दानीको मुख्य स्रोत सुन्तला नै हो ।

नरिश्वरका तीन छोरा बालानन्द कँडेल, युक्त कँडेल र पशुपति कँडेलको मात्र बिहुँको अम्बोटमा २१ रोपनी बारीमा ७५० सुन्तलाको बोट रहेका छन् । बारी मासेर सुन्तला उत्पादन गर्दै आएका तीन कृषक भाइले धान रोप्ने खेतमा समेत सुन्तलाका बिरुवा लगाउन थालेका मात्र छैनन्, अन्य किसानलाई समेत सुन्तलातर्फ आकर्षण गरेका छन् ।

यतिबेला जिल्लाका सबै कृषकलाई खेतमा धान रोप्ने तरखर भए पनि बिहुँका कृषकले खेतमा सुन्तला रोप्नका लागि खाल्टो खनेर तयारी गरेका छन् । गाउँमा धान फल्ने खेत रहेका अन्य कृषकलाई समेत सुन्तलाखेतीतर्फ आकर्षण गर्नका लागि खेत मासेर सुन्तला लगाउने अभियान थालेको बालानन्द कँडेलले जानकारी दिए । अहिले २५ रोपनी खेतमा धानको सट्टा सुन्तलाको बिरुवा रोप्ने तयारी गरिएको सुन्तला कृषक पुशपति कँडेलेलले बताए । “बिहुँ क्षेत्रको सबै बारी तथा बाँझो जमीनमा सुन्तला बगान निर्माण भइसकेको छ”, बालानन्द कँडेलले भने, “सुन्तलाबाटै समृद्ध वडा निर्माण गर्नका लागि वडा कार्यालयको योजनाअनुसार खेतमा समेत धमाधम सुन्तला लगाउने तयारी छ ।”

सुन्तलाबाट मनग्य आम्दानी भएको देख्दा कँडेलजस्ता अन्य कृषकसमेत धान रोप्नुको सट्टा सुन्तला रोप्न तत्पर देखिएका हुन् । हाल वडामा ११ वटा सुन्तलाको ब्लक निर्माण गर्ने तयारी अन्तिम चरणमा पुगेकोे वडाध्यक्ष युक्त कँडेलले जानकारी दिए । “सुन्तलाका लागि बिहुँ जिल्लाकै उत्कृष्ट स्थान हो”, एउटै वडामा ४० हजार सुन्तलाको बोटले उत्पादन दिन्छन् । वडा कार्यालयका अनुसार सुन्तलाको बिरुवा रोप्ने सिजन जेठ असार भएकाले यो वर्ष मात्र खेत, बाँझो जमीन तथा खरबारीमा १० हजार सुन्तलाका बिरुवा रोप्ने तयारी गरिएको छ ।

सुन्तला रोप्नका लागि अनावश्यक रुख फँडानी गर्ने, खाडल खन्ने र मलखातको तयारीमा बिहुँका सुन्तला किसान व्यस्त छन् । वडा कार्यालयले वर्षेनी सुन्तलाका बिरुवा, सुन्तलाको बोटको औषधि उपचारमा ५० प्रतिशत अनुदानको व्यवस्था गर्दै आएको छ ।

एघार सुन्तलाको ब्लक रहेको ६ नं वडामा सुन्तला बिक्रीबाटै वार्षिक रु तीन करोडभन्दा बढी भित्रने गरेको वडा कार्यालयको तथ्याङ्क छ । वडामा सुन्तलापछिको आयस्रोतका रुपमा दूधको व्यापार रहेको कृषक बताउँछन् । अहिले बिहुँका सुन्तला कृषक सुन्तला गोडमेल गर्न, मल हाल्न, सिँचाइ तथा औषधि उपचार गर्न व्यस्त रहेका छन् । कम दुःखमा धेरै आम्दानी हुने भएकाले किसान बारी तथा खेत मासेर सुन्तलाखेती विस्तार गर्न थालेका हुन् ।

मध्यपहाडी लोकमार्गले जोडेको बिहुँमा उत्पादन हुने सुन्तला बोटबाटै बिक्री हुँदै आएपछि कृषक यसप्रति थप उत्साहित भएका छन् । जिल्लामा बिहुँ धेरै सुन्तला उत्पादन हुने गाउँमा पर्दछ ।

वि.सं.२०७६ जेठ २३ बिहीवार १७:२० मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

हरित क्रान्तिदेखि दिगो कृषि रूपान्तरणसम्म : विश्व अनुभव र नेपालको सम्भावना

हरित क्रान्तिदेखि दिगो कृषि रूपान्तरणसम्म : विश्व अनुभव र नेपालको सम्भावना

विश्व इतिहासमा कृषि उत्पादन वृद्धिका दृष्टिले “हरित क्रान्ति” (Green Revolution)...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपाल एक कृषि प्रधान देश हो। यहाँको जनसंख्याको ठूलो हिस्सा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...