back
CTIZAN AD

यसरी मनाईयो सिरान चोकमा इद

वि.सं.२०७६ जेठ २३ बिहीवार

555 

shares

२३ जेठ, गोरखा । इदुल फित्र २०७६ को पावन अवसरमा गोर्खा सिरानचोक गाउँपालिका स्थित मकुन्डाडाका मुस्लिम समुदायले पछिल्लो बर्षजस्तै यस बर्षको इद पनि भब्यताका साथ मनाएका छन् ।

ईस्लाम धर्मावलम्बीहरुको एक महिनाको व्रत (रोजा) सकिए पछि चन्द्रमाको उदय संगै इस्लामिक महिना साबान महिनाको पहिलो दिन मनाइने यो इदुल फित्र पर्व मुस्लिम समुदायले महान पर्वको रुपमा मान्दछन् । जसमा बिहानै नुवाइ धुवाइ गरि केही मिठो चिज खाएर नयाँ नयाँ कपडा तथा अत्तर (सेन्ट) लगाएर सबैजना एक खुल्ला मैदान इदगाहमा गएर नमाज पढ्ने र एक आपसमा इदको शुभकामना आदानप्रदान गर्ने गरिन्छ । सोही दिनमा अनिवार्य जकातुल फित्र (दान) निकाली गरिबहरुलाइ प्रदान गरिन्छ ।

नेपालमा परेको ईस्लाम धर्मावलम्बीहरुको इदुल फित्र पर्व देशभरका मुस्लिम बर्गहरुले हर्ष उल्लासका साथ मनाउदै एक आपसमा शुभकामना आदान प्रदान गरि मनाउने क्रममा सिरान्चोक गाउँपालिका हर्मी मकुनडाडाका मुस्लिम समुदायहरुले पनि हर्ष उल्लासका एक बिशेष भोज कार्यक्रम गरि इद मनाएका छन् ।

उक्त गाउँका युवा समुहहरुको सकृय भुमिकामा सम्पन्न उक्त ईद कार्यक्रम इदको नमाज (प्राथना) पढेर सकिए पछि १२ बजेदेखी सुरु गरिएको थियो । उक्त कार्यक्रममा सम्पुर्ण गाउँका समाजसेवी,भद्र भलादमि, बच्चा बच्ची, बुढापाका, महिला बर्ग सबैको उपस्थिति रहेको थियो । जुन कार्यक्रममा सम्पुर्ण उपस्थित जनसमुदायद्वारा एक आपसमा इदको शुभकामना आदान–प्रदान गर्नुको साथै भोज कार्यक्रम गरि समापन गरिएको थियो ।

यसै क्रममा यस बर्ष सरकारले पनि मुस्लिम धर्मावलम्बीको इद पर्वका लागि सार्बजनिक छुट्टी प्रदान गरेकोमा सम्पुर्ण उपस्थित मुस्लिम बर्गहरुले सरकारलाई पनि धेरै धेरै धन्यवाद प्रदान गरेका थिए ।

उक्त कार्यक्रमका लागि आर्थिक, भौतिक तथा समाजिक सहयोग गर्नु हुने सम्पुर्ण युवाहरुलाइ आयोजक टिमद्वारा धेरै धेरै धन्यवाद प्रदान गरिएको थियो ।

वि.सं.२०७६ जेठ २३ बिहीवार १७:४४ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...