back
CTIZAN AD

अखिल क्रान्तिकारीको २१ औँ राष्ट्रिय सम्मेलन चैतमा

वि.सं.२०७३ मंसिर १ बुधवार

795 

shares

१ मंसीर, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) को २१ औँ राष्ट्रिय सम्मेलन आगामी चैत ३ गतेदेखि ७ गतेसम्म गर्ने निर्णय गरिएको छ ।

यही कात्तिक २७ देखि २९ गतेसम्म काठमाडौँमा बसेको पदाधिकारीको बैठकले चैत ३ देखि ७ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले बताउनुभयो । क्रान्तिकारीले पहिलो पटक प्रत्यक्ष मतदानबाट नेतृत्व छान्ने निर्णय गरेको छ । “यसअघि हामीले सहमतिबाटै नेतृत्व छानेका थियौँ”– उहाँले भन्नुभयो, “अबदेखि अध्यक्षसहित सबै कार्यसमिति मतदानबाट छान्ने निर्णय गरेका छौँ ।” उहाँका अनुसार २४३ केन्द्रीय कमिटीमा पाँच उपाध्यक्ष खुल्ला, चार उपाध्यक्ष समावेशी (छात्रा, जनजाति, मधेसी, दलित) र दुई जना उपाध्यक्ष मनोनित हुनेछन् ।
त्यस्तै सात प्रदेशबाट सात, समावेशी छ, विश्वविद्यालयबाट एक, खुल्ला दुई र मनोनित तीनसहित १९ जना सचिव र एक जना कोषाध्यक्ष चुनिने छन् । बैठकले केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला कोटा छुट्टाएको छ ।

यसैगरी क्रान्तिकारीले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनको तयारीलाई पनि सँगसँगै अघि बढाउने निर्णय गरेको छ । बैठकले राष्ट्रिय सम्मेलन, स्ववियु निर्वाचन र सङ्गठन सुदृढीकरणका लागि आगामी मङ्सिर ५ देखि पुस १५ गतेसम्म ‘क्रान्तिकारी विद्यार्थी जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको उपाध्यक्षसमेत रहनुभएका बस्नेतले जानकारी गराउनुभयो ।

वि.सं.२०७३ मंसिर १ बुधवार ०३:१६ मा प्रकाशित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

पर्वत । यहाँको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा...

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...