back
CTIZAN AD

पाँच प्रतिशतले आम जनतामा सकारात्मक सोच ल्याउनुपर्छ

वि.सं.२०७३ मंसिर १ बुधवार

999 

shares

we-canभनिन्छ, मानिसको दिमाग एक किलो ग्राम भन्दा ग¥हौ छैन । र आकार हे¥यौ भने एक मुठी भन्दा ठूलो छैन । यद्यपी यो सानो दिमाग आकाश भन्दा विसाल र समुन्द्र भन्दा गहिरो छ । एकै पलमा सारा ब्रमाण्ड एक किलो ग्राम मष्तिष्कमा समाहित हुन सक्छ । मानिसको दिमागमा सधै दुई महत्वपूर्ण तत्वको चलखेल हुन्छ । एउटा सकारात्मक र अर्को नकारात्मक । सायद यहि कटुसत्यलाई ध्यानमा राखेर नै देवता र दानववीचको समुद्र मन्थनको कथा रचिएको होला । धर्मको भावना राखेर समुद्र मन्थनमा लागेको हुनाले देवताहरुले अमृत पाए र अधर्मी सोच राखेको हुनाले दानवहरुले विष प्राप्त गरेको हुन सक्छ ।

हाम्रो दिमागमा देवत्व र दानवत्व दुवैको बास छ । यदि हामी कसैलाई विगारौ भन्ने दृष्टिकोणले मष्तिस्कलाई खेलाउँछौ र प्रयोग र मन्थन गर्छौ भने त्यो दिमागले विष बमन गर्छ तर, कसैलाई मद्दत गरौं भन्ने र सपारौ भन्ने सकारात्मक दृष्टिकोणले हाम्रो मष्तिस्कलाई चिन्तन सिर्जन गर्ने दिशा तिर संचालन र प्रयोग ग¥यौ भने अवस्य पनि पक्कै पनि हाम्रो दिमागबाट अमृत मिश्रित हुन थाल्छ ।

साच्चै हाम्रो दिमाग एउटा अचम्मको जैविक मशिन हो । यसभित्र सारा समस्याका समाधानहरु अटाएका हुन्छन् । यसले चाहेमा जो कसैलाई विर्गान पनि सक्छ र सर्पान पनि सक्छ । भनिन्छ समाजमा पाँच वा ६ प्रतिशत सकारात्मक सोचका मानिसहरु हुन्छन् । र १५–१६ प्रतिशत नकारात्मक सोचका । अनि ७९–८० प्रतिशत त बहकाउमा लाग्ने या अरु कसैको लहलहैमा लाग्ने साधारण मानिसहरु हुन्छन् । यदि यो आंकलन साचो हो भने हामीले गम्भीर भएर सोच्नै पर्छ । राष्ट्रको यति ठूलो हिस्सा करिब ८० प्रतिशत मानविय शक्तिलाई १५ प्रतिशत निराशावादी व्यक्तिहरुले प्रभावित गर्नु भन्दा पहिले पाँच प्रतिशत आशावादीहरुले आम जनताको सोचमा सकारात्मक परिवर्तन ल्याउने काम थाल्नुपर्छ । यसले समाजलाई राम्रो बाटोमा डो¥याउन मद्दत पु¥याउँछ ।
लेखक कर्ण शाक्यको ‘सोच’ पुस्तकबाट लिइएको ।

वि.सं.२०७३ मंसिर १ बुधवार ०३:५३ मा प्रकाशित

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

सिद्धार्थनगर (भैरहवा) । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित...

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...