back
CTIZAN AD

ट्रम्पको जलवायु परिवर्तनबारे अडानमा पुनःविचार हुनेमा राष्ट्रसङ्घ प्रमुख विश्वस्त

वि.सं.२०७३ मंसिर १ बुधवार

963 

shares

१ मंसीर, माराकेरा (मोरक्को) । संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले अमेरिकी राष्ट्रपतिमा हालै निर्वाचित हुनुभएका रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले वायुमण्डलमा भएको तापमान वृद्धिका विषयमा व्यक्त गर्दै आएका धारणामा पुनःविचार गर्नुहुने विश्वास व्यक्त गर्नुभएको छ ।

ट्रम्पले जलवायु परिवर्तनबाट वातावरणमा आएको तापमान वृद्धिका विषयमा राख्दै आएका धारणालाई यस विषयको संवेदनशीलता र आवश्यकतालाई बुझ्दै आफ्नो पूर्व अडानलाई परिवर्तन गरी समस्याको समाधानतर्फ लाग्नु हुनेछ, बानले मङ्गलबार जलवायु सम्मेलनका विषयमा मोरक्कोमा विश्व नेताहरूलाई सम्बोधन गर्ने क्रममा बताउनुभयो ।

सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको सम्मेलन र वातावरणमा आएको तापमान वृद्धिसम्बन्धी सम्मेलनमा अनावश्यक अफवाह फैलाउने काम भएको भन्दै नवनिर्वाचित अमेरिकी नेता ट्रम्पले पेरिस जलवायु सम्झौतालाई ‘खारेज’ गरिनुपर्ने धारणा आफ्नो चुनावी अभियानका क्रममा बताउनुभएको थियो ।

तर राष्ट्रसङ्घका महासविव बानले जलवायु परिवर्तन रोक्न भएका उपलब्धिमूलक काम रोक्न नहुने भन्दै जतिसुकै स्रोत र साधनयुक्त एवम् शक्तिशाली राष्ट्र पनि जलवायु परिवर्तनको शिकार हुनुपर्ने अवस्था रहेको बताउनुभयो । एपी

वि.सं.२०७३ मंसिर १ बुधवार ०४:०० मा प्रकाशित

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...