Logo
२२ जेष्ठ २०८०, सोमबार
     Mon Jun 5 2023
E-paper
  English Edition
   Unicode
Logo

मध्य सोमालिया झडपः नब्बे हजार नागरिक विस्थापित : राष्ट्रसङ्घ



१ मंसीर, मोगादिसु (सोमालिया) । सोमालियाको मध्य क्षेत्रस्थित गल्कायो सहर र वरपरका इलाकामा भएको सङ्घीय राज्यका दुई प्रतिद्वन्द्वी समूहबीच भएको द्वन्द्वका कारण विगत छ हप्ताको समयमा ९० हजार मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घका सोमालियास्थित अधिकारीले मङ्गलबार जनाएका छन् ।

यसरी विस्थापित हुनेमा करिब २० हजार बालबालिकासमेत रहको राष्ट्रसङ्घको तथ्याङ्क छ ।

सोमालियास्थित राष्ट्रसङ्घ बालबालिका कोष (युनिसेफ) का प्रतिनिधि लाउबेरियरका अनुसार विस्थापित अधिकांश बालबालिका विभिन्न बस्तीमा शरणलिई बसेका छन् । उनीहरू प्रायः असुरक्षित अवस्थामा रहेका छन्, उहाँले थप्नुभयो ।

द्वन्द्वका कारण गल्कायोका बालबालिकाको शिक्षा तथा दैनिकीमा व्यापक नकारात्मक प्रभाव परेको राष्ट्रसङ्घ प्रतिनिधिद्वारा मोगादिसुबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

गल्कायो सहर अहिले दुई जिल्लामा विभाजित छ । गाल्मुडग राज्य दक्षिणी क्षेत्रमा पर्दछ भने पुन्टल्यान्ड राज्य उत्तरी इलाकामा पर्दछ ।

दुवै सङ्घीय राज्यले आफ्नो प्रभाव सहरमाथि पार्ने प्रयासमा भएका पछिल्ला भिडन्तमा ४५ जनाको मृत्यु भइसकेको छ । मर्नेहरू प्रायः दुई सङ्घीय राज्यका सेना भए पनि कैयौँ सर्वसाधारण पनि द्वन्द्वबाट ज्यान गुमाउन पुगेका बताइएको छ ।

भिडन्तपछि स्थितिलाई सामान्यीकरण गर्न गाल्मुडग र पुन्टल्यान्डका नेताहरूबीच संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा युद्धबिरामका लागि दुवै पक्षले सम्झौता गरेका छन् ।

युसद्धबिरामपछि पहिलेको तुलनामा गाल्कायो सहर सामान्य देखिए पनि यहाँका बासिन्दामा त्रासको अवस्था अझै कायम रहेको पाइन्छ ।

द्वन्द्वका क्रममा कैयौँ शिक्षकशिक्षिका घाइते भएका छन् भने सहर बाहिरका पाँच वटा विद्यालय बन्द छन् । यहाँ विस्थापित मानिस शिविर खडागरी बस्दै आएका छन् । सिन्ह्वा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्था नेपालको संविधानले न्यायसम्बन्धी अधिकार संविधान, अन्य कानून र न्यायका मान्य सिद्धान्तबमोजिम

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमाडौँ । भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी