back
CTIZAN AD

मध्य सोमालिया झडपः नब्बे हजार नागरिक विस्थापित : राष्ट्रसङ्घ

वि.सं.२०७३ मंसिर १ बुधवार

885 

shares

१ मंसीर, मोगादिसु (सोमालिया) । सोमालियाको मध्य क्षेत्रस्थित गल्कायो सहर र वरपरका इलाकामा भएको सङ्घीय राज्यका दुई प्रतिद्वन्द्वी समूहबीच भएको द्वन्द्वका कारण विगत छ हप्ताको समयमा ९० हजार मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घका सोमालियास्थित अधिकारीले मङ्गलबार जनाएका छन् ।

यसरी विस्थापित हुनेमा करिब २० हजार बालबालिकासमेत रहको राष्ट्रसङ्घको तथ्याङ्क छ ।

सोमालियास्थित राष्ट्रसङ्घ बालबालिका कोष (युनिसेफ) का प्रतिनिधि लाउबेरियरका अनुसार विस्थापित अधिकांश बालबालिका विभिन्न बस्तीमा शरणलिई बसेका छन् । उनीहरू प्रायः असुरक्षित अवस्थामा रहेका छन्, उहाँले थप्नुभयो ।

द्वन्द्वका कारण गल्कायोका बालबालिकाको शिक्षा तथा दैनिकीमा व्यापक नकारात्मक प्रभाव परेको राष्ट्रसङ्घ प्रतिनिधिद्वारा मोगादिसुबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

गल्कायो सहर अहिले दुई जिल्लामा विभाजित छ । गाल्मुडग राज्य दक्षिणी क्षेत्रमा पर्दछ भने पुन्टल्यान्ड राज्य उत्तरी इलाकामा पर्दछ ।

दुवै सङ्घीय राज्यले आफ्नो प्रभाव सहरमाथि पार्ने प्रयासमा भएका पछिल्ला भिडन्तमा ४५ जनाको मृत्यु भइसकेको छ । मर्नेहरू प्रायः दुई सङ्घीय राज्यका सेना भए पनि कैयौँ सर्वसाधारण पनि द्वन्द्वबाट ज्यान गुमाउन पुगेका बताइएको छ ।

भिडन्तपछि स्थितिलाई सामान्यीकरण गर्न गाल्मुडग र पुन्टल्यान्डका नेताहरूबीच संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा युद्धबिरामका लागि दुवै पक्षले सम्झौता गरेका छन् ।

युसद्धबिरामपछि पहिलेको तुलनामा गाल्कायो सहर सामान्य देखिए पनि यहाँका बासिन्दामा त्रासको अवस्था अझै कायम रहेको पाइन्छ ।

द्वन्द्वका क्रममा कैयौँ शिक्षकशिक्षिका घाइते भएका छन् भने सहर बाहिरका पाँच वटा विद्यालय बन्द छन् । यहाँ विस्थापित मानिस शिविर खडागरी बस्दै आएका छन् । सिन्ह्वा

वि.सं.२०७३ मंसिर १ बुधवार ०४:०१ मा प्रकाशित

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...