Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

शक्तिशाली युरोप ‘विश्व र अमेरिकाका लागि लाभदायक’ : ओबामा



obama१ मंसीर, एथेन्स (ग्रीस) । अमेरिकी राष्ट्रपति बाराक ओबामाले शक्तिशाली युरोप राज्य अमेरिकाको लागि लाभकारी भएको बताउनुभएको छ ।

 अमेरिकी राष्ट्रपतिका रूपमा सम्भवत युरोपको अन्तिम भ्रमणका क्रममा ग्रीसमा आइपुग्नुभएका राष्ट्रपति ओबामाले मङ्गलबार उत्तरी एटलान्टिक सन्धि सङ्गठन (नेटो) अमेरिकी सुरक्षा र समृद्धिका लागि विल्कुलै महत्वपूर्ण हुनेसमेत बताउनुभएको छ । शक्तिशाली नेटो र मजबूत युरोप अमेरिकाका लागि उचित विषय भएको उहाँले बताउनुभएको छ ।

अमेरिकाले शक्तिशाली समृद्ध र एकीकृत युरोप युरोपका लागि मात्रै आवश्यक एवम् खुशीको कुरा नभई अमेरिकासँगै सम्पूर्ण विश्वका लागि राम्रो कुरा हुने अमेरिकी राष्ट्रपति ओबामाले आफ्ना ग्रीक समकक्षी प्रोकोपिस पाभ्लो पाउलससँग एथेन्समा भएको भेटमा बताउनुभएको हो ।

 ट्रान्स एटलान्टिक सम्बन्ध अमेरिका र युरोपबीचको पारस्परिक सुरक्षा एवम् समृद्धिको आधारशिला भएको उक्त भेटका क्रममा अमेरिकी राष्ट्रपति ओबामाले बताउनुभयो ।

 त्यसैगरी ग्रीकका प्रधानमन्त्री अलेक्सि सिप्राससँगको भेटमा उहाँले कुनै पनि विषयमा कठोर बन्दैमा यसबाट समृद्धि पाइने छ भन्नु बुद्धिमानीपूर्ण नहुने भन्दै युरोपेली सहयोगीलाई यस विषयमा सचेत रहन आग्रह गर्ने बताउनुभएको थियो । एएफपी


-->

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना चिनियाँ समकक्षीसँग आज द्विपक्षीय

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

गण्डकी । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५

गलकोट (बागलुङ) । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा