back
CTIZAN AD

शक्तिशाली युरोप ‘विश्व र अमेरिकाका लागि लाभदायक’ : ओबामा

वि.सं.२०७३ मंसिर १ बुधवार

837 

shares

obama१ मंसीर, एथेन्स (ग्रीस) । अमेरिकी राष्ट्रपति बाराक ओबामाले शक्तिशाली युरोप राज्य अमेरिकाको लागि लाभकारी भएको बताउनुभएको छ ।

 अमेरिकी राष्ट्रपतिका रूपमा सम्भवत युरोपको अन्तिम भ्रमणका क्रममा ग्रीसमा आइपुग्नुभएका राष्ट्रपति ओबामाले मङ्गलबार उत्तरी एटलान्टिक सन्धि सङ्गठन (नेटो) अमेरिकी सुरक्षा र समृद्धिका लागि विल्कुलै महत्वपूर्ण हुनेसमेत बताउनुभएको छ । शक्तिशाली नेटो र मजबूत युरोप अमेरिकाका लागि उचित विषय भएको उहाँले बताउनुभएको छ ।

अमेरिकाले शक्तिशाली समृद्ध र एकीकृत युरोप युरोपका लागि मात्रै आवश्यक एवम् खुशीको कुरा नभई अमेरिकासँगै सम्पूर्ण विश्वका लागि राम्रो कुरा हुने अमेरिकी राष्ट्रपति ओबामाले आफ्ना ग्रीक समकक्षी प्रोकोपिस पाभ्लो पाउलससँग एथेन्समा भएको भेटमा बताउनुभएको हो ।

 ट्रान्स एटलान्टिक सम्बन्ध अमेरिका र युरोपबीचको पारस्परिक सुरक्षा एवम् समृद्धिको आधारशिला भएको उक्त भेटका क्रममा अमेरिकी राष्ट्रपति ओबामाले बताउनुभयो ।

 त्यसैगरी ग्रीकका प्रधानमन्त्री अलेक्सि सिप्राससँगको भेटमा उहाँले कुनै पनि विषयमा कठोर बन्दैमा यसबाट समृद्धि पाइने छ भन्नु बुद्धिमानीपूर्ण नहुने भन्दै युरोपेली सहयोगीलाई यस विषयमा सचेत रहन आग्रह गर्ने बताउनुभएको थियो । एएफपी

वि.सं.२०७३ मंसिर १ बुधवार ०४:०४ मा प्रकाशित

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...