back
CTIZAN AD

विनयशिल समाज निमाणका लागि न्यायाधिस कुँवरका केही सुझाव

वि.सं.२०७६ जेठ २५ शनिवार

684 

shares

संयम, विनयशीलता, आदर, सम्मान, नम्रता, मुस्कान, सहयोगीपन र आपसी सौहार्द्रता नेपाली मनका विशेषताहरु हुन् । यस धर्तीको जुनसुकै भू भाग किन न होस, जहाँ एउटा नेपालीको उपस्थिति हुन्छ, त्यहाँ यी गुणहरु स्वत: अपेक्षित हुन्छन् । आज एउटा प्रसंग कोट्याउन मन लाग्यो । नेपाली मिडियामा प्रयोग गरिने भाषाको सूक्ष्म तर एउटा महत्वपूर्ण पाटो आदरार्थी शब्दको प्रयोग र भाषा शैली एवम यसको व्यवहारिक सन्देशका सम्बन्धमा ।

१) अखबारमा पढ्दा र टि भि मा हेर्दा दिनदिनै देखिन्छ तिमी शब्दको प्रयोग।
२) कतिपय अवस्थामा असहज देखिने अन्तर्वार्ताकार र पाहुना बिचको संवाद शैली ।

क) यसरी प्रकाशित वा प्रसारित भाषाशैलीलाई गहिरिएर विचार गर्ने हो भने विनयीशील नेपाली संस्कार हराउँदै गएको हो कि भन्ने प्रतित हुन्छ । अरुसंग आफ्नो विचारधारा नै नमिल्ने भएपनि विपरित विचारको व्यक्ति वा जोसुकैलाई सम्बोधन गर्दा ज्यू तपाईं भन्दा दर्शक र स्रोताको लागि जति कर्णप्रिय लाग्छ तिमि, तिन्ले, उनी, उन्ले भन्दा त्यति मिठो लाग्दैन।

ख) आजै बिहान मात्र एउटा टेलिभिजन च्यानलमा आफ्नो विषयका ज्ञाता नै मानिने र यस पंक्तिकारलाई पनि मनपर्ने एकजना विद्वानको टक सो हेरिरहँदा वहाँले प्रश्तुत गर्नुभएका विचारहरु वजनदार हुँदाहुँदै पनि अन्य वहाँसंगै विचार मिल्नेलाई नै पनि र अरु विविध फरक विचारका व्यक्तित्वहरुप्रतिको प्रश्नोत्तर प्रसंगमा संवोधन गर्दा तिनी उनी जस्ता हल्का आदरार्थी शब्द प्रयोग गर्नुभयो । यो हेर्दा वहाँको विचारको वजन बढी भएपनि सम्बोधित शब्दको कारणले गर्दा विचारमा थप मधुरता देखिएन । कहींकतै सुवास नपुगेकोजस्तो महसुस भयो।

ग) रेडियो वा टि भि मा अन्तर्वार्ता लिंदा कतिपय अन्तर्वार्ताकारले त असाध्यै ठाडो तरिकाले प्रश्न गर्ने र जवाफ दिन नपाउँदै प्रश्न माथि प्रश्नको वर्षा नै गर्ने गरेकोबाट दर्शक स्रोताहरुलाई च्यानल नै चेन्ज गर्न मन जाने हुन्छ। यसबाट कार्यक्रम उत्पादकले आफ्ना दर्शक स्रोता गुमाउने र कार्यक्रमको उपादेयतामा नै कमी आउँदछ। कहिलेकाहीं त अन्तर्वार्ताकार र पाहुना भनी निम्त्याईएका स्पिकर बिच चर्कै द्वन्व्द र भनाभन परी दर्शक स्रोतालाई नै हेर्न असजिलो भएकोसम्म अनुभव छ।

घ) अखबारहरुमा कुनै पनि व्यक्ति विशेषलाई तिमी शब्दले सम्बोधन गरेको पाइन्छ। नेपाली भाषामा अंग्रेजी भाषामाजस्तो एउटामात्र सर्वनाम ‘यु’ भएको भए केही फरक पर्ने थिएन। तर तँ, तिमी, तपाईं, हजुर जस्ता बहु आदरार्थी शब्दभण्डार भएको नेपाली भाषाको आदरार्थी शब्द प्रयोग गर्दा तपाईं, वहाँ भन्ने आदरवाची शब्द चयन गरेमा के फरक पर्छ होला र ?

अब केही सुझावको रुपमा

१) कुनै पनि अन्तर्वार्ता लिंदा गरिने प्रश्न र उत्तर विनम्र भै संप्रेषण गर्न सकेमा कार्यक्रमको गरिमा र प्रभावकारिता दोब्बर बढ्ने छ।

२) खरो प्रश्न सोध्दाखेरि पनि आदर सम्मानकासाथ सोधेमा कार्यक्रमको माहौल अनावश्यक उत्तेजनातर्फ जाँदैन। दर्शकको मन जित्न सकिन्छ।

३) जवाफकर्ताले ठाडै प्रश्न आएकोमा पनि संयमित भै अझै विनम्र भावमा जवाफ दिएमा स्वयम प्रश्नकर्ताले लज्जावोध गर्नुपर्ने अवस्था सिर्जना हुन्छ। दर्शकको मन जित्न सकिन्छ।

४) मिडियामा साधारण नागरिक वा राष्ट्रका जुनसुकै पदमा रहनुभएका व्यक्तित्वलाई तिमी जनाउने शब्दको सट्टा तपाईं जनाउने शब्दले सम्बोधन गरेमा हाम्रो सभ्य संस्कृति अरु बलियो हुनेछ।

५) हाम्रा सासाना नानीहरुले पनि धेरै कुराहरु सञ्चार माध्यमबाट नै सिकेर त्यसको सिको गर्ने हुँदा सञ्चार क्षेत्र भनेको शिक्षाको अति नै प्रभावकारी माध्यम हो भन्ने विर्सन हुँदैन।

६) विनयी, नम्र, शिष्ट, सुमधुर, सभ्य र संस्कारी समाज निर्माण गर्ने दायित्वलाई जीवनका हरेक पहलुहरुमा लागू गर्न सकेमा सभ्य समाजको निर्माण हुनेछ।

वि.सं.२०७६ जेठ २५ शनिवार ११:४२ मा प्रकाशित

व्यक्तिगत जीवनमा आत्मनिर्भरताकाे अभ्यास कसरी गर्ने ?

व्यक्तिगत जीवनमा आत्मनिर्भरताकाे अभ्यास कसरी गर्ने ?

स्वनिर्भरता भनेको जीवनका चुनौतिहरू सामना गर्न, स्वतन्त्र निर्णयहरू लिन र...

निर्वाचनमा ओखलढुंगाः एक विश्लेषण

निर्वाचनमा ओखलढुंगाः एक विश्लेषण

कोशी प्रदेश अन्तर्गत पर्ने ऐतिहासिक, साँस्कृतिक महत्वको शदिद भूमि हो-...