back
CTIZAN AD

नाइजेरियामा भिषण सडक दुर्घटना, १८ जनाको मृत्यु

वि.सं.२०७६ जेठ २६ आइतवार

714 

shares

२६ जेठ, लेगोस ।  नाइजेरियाको दक्षिणपश्चिम ओन्डो राज्यमा शनिबार भएको भिषण सवारी दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

राज्यका प्रहरी प्रवक्ता फेमी जोसेफले राजधानी अबुजातर्फ आइरहेको बस दुर्घटनाग्रस्त भएको जानकारी दिए । विपरीत दिशाबाट आइरहेको सामान बोक्ने लरीसँग यात्रुबाहक बस जुधेको थियो ।
उक्त दुर्घटनापछि बसमा आगलागी समेत भएको थियो । आगोकै कारण बसमा सवार सबैको मृत्यु भएको अनुमान प्रहरीले गरेको छ ।

नाइजेरियामा यस्ता भयानक सडक दुर्घटना बेलाबखत हुने गरेका छन् । सडकको अवस्थामा रहेको कमजोरी र जथाभावी सवारी चलाउने गर्दा सडक दुर्घटना बढ्दै गएका छन् ।
एक प्रहरी अधिकारीले नाइजेरियामा हरेक महिना १०० भन्दा बढी व्यक्तिको दुर्घटनाका कारण मृत्यु हुने गरेको जानकारी दिए ।

वि.सं.२०७६ जेठ २६ आइतवार १४:३२ मा प्रकाशित

भारतमा आगलागी, ७ जनाको मृत्यु

भारतमा आगलागी, ७ जनाको मृत्यु

नयाँदिल्ली । भारतको मध्य प्रदेशको एउटा घरमा बुधबार आगलागी हुँदा...

ट्रम्पको चीन भ्रमण अन्योलमा

ट्रम्पको चीन भ्रमण अन्योलमा

बेइजिङ । मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच...

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...