back
CTIZAN AD

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

वि.सं.२०८२ फागुन १६ शनिवार

819 

shares

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ अर्ब १० करोड अमेरिकी डलरको नयाँ चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत गरेको इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।

आइएमएफ एक्सटेन्डेड फन्ड फेसिलिटी (इएफएफ) अन्तर्गतको यो कार्यक्रम युक्रेनका लागि एक खर्ब ३६ अर्ब ५० करोड डलरको अन्तर्राष्ट्रिय समर्थन प्याकेजको एक हिस्सा भएको जनाइएको छ ।

यसको उद्देश्य युक्रेनको समग्र आर्थिक र वित्तीय स्थिरतालाई सुदृढ पार्नु र शासन लगायत संरचनात्मक सुधारहरूलाई अगाडि बढाउनु रहेको जनाइएको छ ।

युक्रेनको अर्थ मन्त्रालयका अनुसार, कार्यक्रमको समग्र आर्थिक प्राथमिकताहरूमा विवेकपूर्ण वित्तीय नीति कार्यान्वयन, मूल्य स्थिरता सुनिश्चित गर्ने, र बाह्य असन्तुलन रोक्न, विनिमय दरमा सहजता अभिवृद्धि गर्ने लगायतका विषय समावेश छन् ।

एक अर्ब ५० करोड डलरको कार्यक्रमको पहिलो किस्ता निकट भविष्यमा नै वितरण हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।

रूस–युक्रेन द्वन्द्वको सक्रिय चरण अन्त्य हुने परिदृश्यमा भविष्यवाणी गरिएको सन् २०२३ मा युक्रेनका लागि स्वीकृत गरिएको अघिल्लो आइएमएफ वित्तपोषण कार्यक्रम रद्द गरिएको थियो ।(रासस/सिन्ह्वा)

वि.सं.२०८२ फागुन १६ शनिवार १२:५८ मा प्रकाशित

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

सुदूरपश्चिम । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...