back
CTIZAN AD

सप्तरीकी सबैभन्दा कान्छी अन्तर्राष्ट्रिय प्रामाणित बाल योग प्रशिक्षक जेसीसकी दिवेन्शाद्वारा योग शिविर

वि.सं.२०८२ फागुन १६ शनिवार

978 

shares

काठमाडौँ । चन्द्रागिरीको काखमा अवस्थित जेसीस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलको प्राङ्गणमा सञ्चालित दुई दिवसीय ‘अभिभावक योग शिविर’ एक आध्यात्मिक उत्सवका रूपमा सम्पन्न भएको छ ।

‘जेसीस आनन्दम योग यात्रा’ नाम दिइएको विशेष अनुष्ठानमा बालबालिका केवल विद्यार्थी मात्र रहेनन्, उनीहरू ‘योग-गुरु’का रूपमा प्रस्तुत भएर उपस्थित सबैको चेतनालाई जागृत गराएका थिए।

योग-साधना र बाल प्रशिक्षकको दिव्य अनुभूति विश्व शान्ति तथा आध्यात्म विज्ञान समाज (GSPSS) बाट अन्तर्राष्ट्रिय प्रमाणीकरण प्राप्त बाल योग प्रशिक्षकहरू दिवेन्शा चौधरी र प्रास्ना आचार्यले आफ्नो यौगिक कौशल प्रदर्शन गर्दा उपस्थित जनसमुदाय मन्त्रमुग्ध बनेका थिए ।

सूक्ष्म व्यायामदेखि कठिन आसन र प्राणायामको लयबद्ध प्रस्तुतिले विद्यालयको वातावरणलाई नै ‘तपोवन’मा परिणत गरिदिएको थियो।

बाल प्रशिक्षक दिवेन्शा चौधरीले स्वयं मञ्चमा उभिएर आफ्ना अभिभावकहरूलाई योग सिकाउन पाउँदा साक्षात् ‘शिवत्व’को अनुभव भएको सुनाइन् ।

उनले भनिन्, “स्वास र शरीरको सन्तुलन मिलाउँदै गर्दा हामीले केवल आसन मात्र सिकाएनौँ, आफ्ना माता-पिताको अनुहारमा एउटा दिव्य शान्ति देख्यौँ । यो अवसर प्रदान गर्ने विद्यालय र हाम्रा मेन्टरहरूप्रति हामी ऋणी छौँ ।”

दिवेन्शा मात्र ९ वर्ष ४ दिनको कलिलो उमेरमा, १६ अगस्ट २०२५ मा अन्तर्राष्ट्रिय मान्यता प्राप्त योग गुरुको परिचय बनाएकी थिइन ।

डाक्नेश्वरी नगरपालिका-७, सप्तरी निवासी उनी जिलाकै एक मात्र सबैभन्दा कान्छी मान्यता प्राप्त बाल योग प्रशिक्षक हुन ।

योग शिविरको दोस्रो दिन भने दिवेन्शालाइ सोही बिधालयमा अध्यनरत प्रास्ना आचार्यले योग प्रशिक्षणमा सहयोग गरेकी थिइन् ।

चन्द्रागिरीकै ‘संस्कार र साधना’को केन्द्र चन्द्रागिरी नगरपालिका भित्रका शैक्षिक संस्थाहरूमध्ये जेसीज इन्टरनेसनल सबैभन्दा धेरै ‘सर्टिफाइड इन्टरनेसनल योग प्रशिक्षक’ उत्पादन गर्ने ‘योग-पाठशाला’ बन्न सफल भएको छ ।

न्यून शुल्कमा विश्वस्तरीय शिक्षाका साथै बालबालिकाको सर्वाङ्गीण विकास (शारीरिक, मानसिक र आध्यात्मिक)लाई मूल मन्त्र बनाउँदै यस विद्यालयले ‘दिव्य संस्कारको आधुनिक मन्दिर’को रूपमा आफ्नो उचाइ थपेको छ ।

गुरुहरूको मार्गदर्शन र विशेष सम्मान कार्यक्रममा आध्यात्मिक जगतका प्रकाण्ड व्यक्तित्वहरू दीपक पण्डित, दुर्गा पण्डित र महेश खनालको उपस्थिति थियो ।

विश्व शान्ति तथा आध्यात्म विज्ञान समाजका विशिष्ट सल्लाहकार एवं पूर्व महासचिव आदरणीय महेश खनालले बाल साधकहरूको प्रस्तुतिलाई ‘साधनाको कसी’मा जाँच्दै उनीहरूको प्रगतिका लागि मार्गदर्शक सुझावहरू प्रदान गरे ।

सोही अवसरमा विद्यालयका प्रथम अन्तर्राष्ट्रिय प्रमाणित योग प्रशिक्षक मिनेश बाबु न्यौपानेलाई विद्यालयले विशेष सम्मान गर्‍यो ।

उनले अन्यत्र स्थानान्तरण भए पनि आफ्नो ‘मातृ-संस्था’प्रतिको निष्ठा प्रकट गर्दै भने,— “जेसीज ले रोपेको योगको यो बीज आज विशाल वृक्ष बन्दै छ। यी नानीहरूको साधनाले भोलि विश्वमा शान्तिको बिगुल फुक्नेछ ।”

नेतृत्वको संकल्प र अभिभावकको हर्ष विद्यालयका संस्थापक सञ्चालक समिति अध्यक्ष नरेन्द्रराज श्रेष्ठ, प्राचार्य शिक्षाविद् सरोज महर्जन, ECA इन्चार्ज मञ्जु श्रेष्ठ र योग प्रोग्राम मेन्टर त्यागी अनिल मारुतले बाल प्रशिक्षकहरूलाई उनीहरूको सफलतापूर्वक नेतृत्वका लागि सम्मान पत्र र मायाको चिनो प्रदान गरे ।

प्राचार्य सरोज महर्जनले भने, “हामी केवल अक्षर चिनाउने विद्यालय होइनौँ, हामी त जीवन जिउने ‘दिव्य मार्ग’ प्रशस्त गर्ने संस्कारशाला हौँ ।”

एक सहभागी अभिभावकले भने,— “मेरो बच्चाले मलाई प्राणायाम सिकाउँदै गर्दा मलाई आफ्नो घर नै एक आध्यात्मिक केन्द्र जस्तो लाग्यो । जेसीज ले हाम्रा छोराछोरीलाई ‘चरित्र र चेतना’ दुवै दिएको छ ।”

वि.सं.२०८२ फागुन १६ शनिवार २१:२० मा प्रकाशित

जापानिज इन्सेफलाइटिस के हो र सुरक्षित कसरी हुने ?

जापानिज इन्सेफलाइटिस के हो र सुरक्षित कसरी हुने ?

पछिल्ला दिनहरुमा नेपालमा लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस रोगको संक्रमण...

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

काठमाडाैँ ।  पशुपतिनाथ मन्दिर परिसरस्थित मृगस्थलीमा योग, ध्यान तथा साउन्ड...

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा हालै दर्ता भएको विशाल...

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम, कसरी जोगिने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम, कसरी जोगिने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...