back

नाइजेरियामा भिषण सडक दुर्घटना, १८ जनाको मृत्यु

वि.सं.२०७६ जेठ २६ आइतवार

438 

shares
GLOBAL IME AD
NTC AD

२६ जेठ, लेगोस ।  नाइजेरियाको दक्षिणपश्चिम ओन्डो राज्यमा शनिबार भएको भिषण सवारी दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

राज्यका प्रहरी प्रवक्ता फेमी जोसेफले राजधानी अबुजातर्फ आइरहेको बस दुर्घटनाग्रस्त भएको जानकारी दिए । विपरीत दिशाबाट आइरहेको सामान बोक्ने लरीसँग यात्रुबाहक बस जुधेको थियो ।
उक्त दुर्घटनापछि बसमा आगलागी समेत भएको थियो । आगोकै कारण बसमा सवार सबैको मृत्यु भएको अनुमान प्रहरीले गरेको छ ।

नाइजेरियामा यस्ता भयानक सडक दुर्घटना बेलाबखत हुने गरेका छन् । सडकको अवस्थामा रहेको कमजोरी र जथाभावी सवारी चलाउने गर्दा सडक दुर्घटना बढ्दै गएका छन् ।
एक प्रहरी अधिकारीले नाइजेरियामा हरेक महिना १०० भन्दा बढी व्यक्तिको दुर्घटनाका कारण मृत्यु हुने गरेको जानकारी दिए ।

वि.सं.२०७६ जेठ २६ आइतवार १४:३२ मा प्रकाशित

अब चाँडै नै व्हाट्सएपमा एन्ड्रोइड प्रयोगकताले ‘मोशन फोटो’ शेयर गर्न पाउने

अब चाँडै नै व्हाट्सएपमा एन्ड्रोइड प्रयोगकताले ‘मोशन फोटो’ शेयर गर्न पाउने

वाशिङ्गटन । इन्स्ट्यान्ट मेसेजिङ एप ‘व्हाट्सएप’ले चाँडै नै एन्ड्रोइड प्रयोगकर्तालाई...

इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी विस्फोट, सतर्कता स्तर बढाउन आग्रह

इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी विस्फोट, सतर्कता स्तर बढाउन आग्रह

जकार्ता । दक्षिण-मध्य इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी शुक्रबारसम्म...

जलस्रोतले समृद्ध ब्राजिल अझै सुक्खा हुँदै

जलस्रोतले समृद्ध ब्राजिल अझै सुक्खा हुँदै

रियो डि जेनेरो । ब्राजिल पृथ्वीको १२ प्रतिशत ताजा पानीको...

आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द

आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द

लन्डन । युरोपको सबैभन्दा व्यस्त बेलायतको हिथ्रो विमानस्थल शुक्रबार बिहानै...

युक्रेनमा नयाँ आक्रमण भएपछि रुसले युद्धविराम अस्वीकार गरेको जेलेन्स्कीको आरोप

युक्रेनमा नयाँ आक्रमण भएपछि रुसले युद्धविराम अस्वीकार गरेको जेलेन्स्कीको आरोप

किएभ । युक्रेनले बुधबार रुसमाथि अमेरिका–समर्थित युद्धविराम प्रस्ताव प्रभावकारी रूपमा...