back

कोरिया जानका लागि युवाले गरे यसपाली नौ अर्ब २० करोड खर्च

वि.सं.२०७६ जेठ २७ सोमवार

330 

shares
GLOBAL IME AD
NTC AD

२७ जेठ, काठमाण्डौं । रोजगारीका लागि कोरिया जाने सपना बोकेका बेरोजगार नेपाली युवाले भाषा सिक्न मात्र नौ अर्ब रुपैयाँ खर्च गर्छन् ।

काठमाण्डौं उपत्यका, पोखरालगायत ठूला सहरमा भाषा सिकाउने इन्स्च्यिुटहरु सञ्चालनमा छन् । त्यस्ता इन्स्यिुच्युटले एकजना युवाबाट एक वर्षको कोर्स पढाएबापत औसत २० हजार रुपैयाँ लिन्छन् ।

यस हिसाबले ९२ हजार आवेदकबाट एक अर्ब ८५ करोड रुपैयाँ उठ्छ । यस्तै भाषा कक्षाका लागि सहरको सहरमा बस्न, भाडा तिर्न र घरबाट आवत जावत गर्नका लागि कम्तिमा पनि एकवर्षमा ८० हजार रुपैयाँ लाग्छ । यसरी सहर बसाई, यातायात र भाषा कक्षावापतको उनीहरुले कम्तिमा एकलाख खर्चनुपर्ने हुन्छ ।

यसपालिको हिसाब गर्दा ९२ हजार युवाका लागि एकलाख रुपैयाँका दरले नौ अर्ब २० करोड खर्च भएको छ । तर, यसरी खर्च गर्नेमध्ये १० प्रतिशत अर्थात् नौ हजारले मात्र कोरियामा रोजगारी पाउँछन् । ८० हजार युवा निराशा हुनुपर्नेछ । तर, उनीहरुका लागि खर्च भएको नौ अर्ब २० करोड रुपैयाँ संगठित रुपमा खर्च गर्ने हो भने वर्षमा ४५ मेगावाटको विद्युुत् आयोजना बन्न सक्छ ।

यस्ता आयोजनाले युवालाइ रोजगारी मात्र होइन, लगानीकर्तालाई बार्षिक रुपमा उन्नत आम्दानी हुन सक्छ । तर, यो विषयमा सोच्ने कस्ले ? सोमबारको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७६ जेठ २७ सोमवार ०७:३६ मा प्रकाशित

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लुम्बिनी । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुनै...

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

काठमाडौँ । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको...

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर...

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने...

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि दिउँसो...

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका...