back
CTIZAN AD

कोरिया जानका लागि युवाले गरे यसपाली नौ अर्ब २० करोड खर्च

वि.सं.२०७६ जेठ २७ सोमवार

576 

shares

२७ जेठ, काठमाण्डौं । रोजगारीका लागि कोरिया जाने सपना बोकेका बेरोजगार नेपाली युवाले भाषा सिक्न मात्र नौ अर्ब रुपैयाँ खर्च गर्छन् ।

काठमाण्डौं उपत्यका, पोखरालगायत ठूला सहरमा भाषा सिकाउने इन्स्च्यिुटहरु सञ्चालनमा छन् । त्यस्ता इन्स्यिुच्युटले एकजना युवाबाट एक वर्षको कोर्स पढाएबापत औसत २० हजार रुपैयाँ लिन्छन् ।

यस हिसाबले ९२ हजार आवेदकबाट एक अर्ब ८५ करोड रुपैयाँ उठ्छ । यस्तै भाषा कक्षाका लागि सहरको सहरमा बस्न, भाडा तिर्न र घरबाट आवत जावत गर्नका लागि कम्तिमा पनि एकवर्षमा ८० हजार रुपैयाँ लाग्छ । यसरी सहर बसाई, यातायात र भाषा कक्षावापतको उनीहरुले कम्तिमा एकलाख खर्चनुपर्ने हुन्छ ।

यसपालिको हिसाब गर्दा ९२ हजार युवाका लागि एकलाख रुपैयाँका दरले नौ अर्ब २० करोड खर्च भएको छ । तर, यसरी खर्च गर्नेमध्ये १० प्रतिशत अर्थात् नौ हजारले मात्र कोरियामा रोजगारी पाउँछन् । ८० हजार युवा निराशा हुनुपर्नेछ । तर, उनीहरुका लागि खर्च भएको नौ अर्ब २० करोड रुपैयाँ संगठित रुपमा खर्च गर्ने हो भने वर्षमा ४५ मेगावाटको विद्युुत् आयोजना बन्न सक्छ ।

यस्ता आयोजनाले युवालाइ रोजगारी मात्र होइन, लगानीकर्तालाई बार्षिक रुपमा उन्नत आम्दानी हुन सक्छ । तर, यो विषयमा सोच्ने कस्ले ? सोमबारको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७६ जेठ २७ सोमवार ०७:३६ मा प्रकाशित

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...