
२७ जेठ, काठमाडौँ । सडकदेखि संसदसमम लोकसेवा आयोगले गरेको विज्ञापन खारेज गर्नुपर्ने आवाज उठिरहेको बेला आयोगको परीक्षाको तयारी गरिरहेका लाखौँ युवायुवतीलाई भने यसले कुनै असर नपारेको पाइएको छ ।
लोकसेवा आयोगका अनुसार झन्डै ८ लाख युवायुवतीहरू लोकसेवाको परीक्षाको तयारीमा छन् । उनीहरूले आवेदन गर्ने क्रम दिनानुदिन बढिरहेको आयोगले जनाएको छ । आवेदन दिनेहरूले लोकसेवाको परीक्षाको आवश्यक तयारीसमेत गर्न थालिसकिएको बताएका छन् ।
लोकसेवा आयोगले आहावन गरेको विज्ञापनमा आइतबारसम्ममा झन्डै ७० हजारको सङ्ख्यामा आवेदन परेको छ । आयोगका अनुसार आइतबारसम्म आवेदन दिनेको सङ्ख्या ६६ हजार ७९४ रहेको छ भने समावेशीतर्फ झन्डै ३० हजारको सङ्ख्यामा आवेदन परेको छ । समावेशी समुह आरक्षण गरिएका विभिन्न समूहअन्तर्गत २८ हजार ८६१ जनाले आवेदन दर्ता गराइसकेका छन् ।
सोमबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ जेठ २७ सोमवार ०७:४२ मा प्रकाशित






























