२७ जेठ, काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको जग्गा बिना प्रतिस्पर्धा गेरसरकारी संस्थालाई दिएको छ ।
बूढानीलकण्ठ –२ साविक चपली भद्रकाली ६ (ख) १ को कित्ता नम्बर ७१ को १३ रोपनी १४ आना सरकारी जग्गा परिवर्तन सञ्चार समुहलाई दिएको छ ।
जेठ १३ को नगर कार्यकारी बैठकले यो एनजीओलाई गैरनाफामूलक संस्था भन्दै ३० वर्षका लागि लिज दिन सम्बन्धित निकायमा सिफारिस गरेको छ । नगरपालिकाले लिज दिन मन्त्रिपरिषद्को निर्णय चाहिन्छ ।
नगरपालिकाले जग्गा लिजमा दिने निणर्य गराउन प्रधानमन्त्री केपी ओलीका विदेश मामिला सल्लाहकार डा. भट्टराइमार्फत लबिङ गरिरहेको छ । बूढानीलकण्ठ नगरपालिकालेका सूचना अधिकारी टंकराज चिमोरियाले नगरपालिकाले लिजमा दिने निर्णय गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सिफारिस गरेको जानकारी दिए । सोमबारको अन्नपूर्ण पोस्टबाट
वि.सं.२०७६ जेठ २७ सोमवार ०७:५८ मा प्रकाशित






























