back
CTIZAN AD

साउदीको जेलमा सयभन्दा बढी नेपाली, ४ जना मृत्युदण्डको सजाय भोग्दै

वि.सं.२०७६ जेठ २७ सोमवार

681 

shares

२७ जेठ, काठमाण्डौं । बैदेशिक रोजगारीका लागि साउदी पुगेका नेपाली युवामध्ये सयभन्दा बढी युवाहरुले जेल सजाय भोगिरहेका छन् ।

ती मध्ये ८० प्रतिशत युवा रक्सी उत्पादन, बेचबिखन र सेवन अभियोगमा परेको साउदी अरेबियाका लागि नेपाली राजदूत प्रा.डा महेन्द्र प्रसाद सिंहले बताएका छन् । त्यस्तै केही युवा हत्या, दुर्घटनामा पारेका जस्ता फौजदारी कसुरका छन् । कैद सजाय भुक्तान गरिसके पनि जेल मुक्त हुने प्रक्रियामा थप ६–७ महिना लाग्ने पनि राजदूत सिंहले बताएको नयाँपत्रिका दैनिकमा समाचार छ ।

उनका अनुसार पछिल्लो डेढ महिनामा मात्रै ८१ जनालाई जेल मुक्त गराएको तथा ५१ जनालाई साउदी राजाबाट माफी दिलाइएको छ । ‘समग्रमा जेल सजायको समस्या सल्टिरहेको छ ।’ उनले भने ।

राजदूत सिंहले मृत्यु दण्ड सुनाइएका ४ जनाको मुद्दा पनि अत्यन्त गम्भीरताका साथ लडिरहेको बताएका छन् । ‘कसुरको प्रकृति अनुसार मृत्युदण्ड सुनाइएको हुन्छ । मृतकको परिवाले क्षमादान दिएको अवस्थामा वा ब्लडमनि मागेको अवस्थामा अदालतले फैसला गरि उनीहरु छुट्छन् ।’

त्यस्तै रोजगारीका लागि विभिन्न माध्यमबाट साउदी पुगेका नेपाली महिलाको अवस्था पनि दयनिय रहेको उनले बताएका छन् । मरभूमिको बालुवा छेक्नका लागि घरमा ठूला–ठूला पर्खाल लगाईएको हुन्छ । कहाँ कति महिला छन् भन्ने थाहा नभएको पनि उनले बताएका छन् ।

वर्षमा औसत ५० भन्दा बढी महिलालाई उद्धार गरेर दूतावासको सेल्टरमा ल्याउने गरिएको उनले बताए । त्यसरी उद्धार गरेर ल्याएका मध्ये एक महिला सुत्केरी भएको र बाबु को हो ? भन्ने विषयमा थाहा छैन । उनलाई बच्चासहित नेपाल पठाउनका लागि गृहमन्त्रालयमा पत्रचार अहिलेसम्म जवाफ नआएको पनि उनले गुनासो गरे ।

‘त्यतिमात्र होइन, रातको १२–१ बजेतिर केही महिला ‘समस्यामा परेँ, मलाई उद्धार गरिदिनोस्’ भन्दै फोनमा बिलौना गर्छन्, राजदूत सिंहले भने, ‘ मरभूमिको बालुवा छेक्न त्यहाँका घरमा १५ फिटभन्दा अग्ला पर्खाल लगाइएका हुन्छन् । हेर्दा हरेक घर झ्यालखाना जस्तो लाग्छ । केही नि थाहा हुँदैन, घरायसी कामका लागि लगिएका महिलालालाई प्राय घरबाट निस्कन दिँदैनन् ।’

अनुसार राजदूत सिंहले आफूहरुको दैनिकी नै उद्धार गर्नु, थला परेका बिरामीको सघन उपचार गर्नु, लास पठाउनुमै बित्ने गरेको बताउँछन् । साउदीमा मृत्युहुने नेपाली कामदार मध्ये ७ देखि ७५ प्रतिशत सडक दुर्घटनाका कारण हुन्छ । बाँकीको प्राकृतिक मृत्यु भनिने गरिएको छ ।

त्यसमा काम गर्दागर्दै मृत्यु हुने, चर्को गर्मीका काम गरेर आएपछि चिसो एसी लगाउँदा सुतेको सुत्यै भएको पनि राजदूत सिंह बताउँछन । ‘सामान्य चेतनाकै अभावमा हाम्रा थुप्रै कामदारले ज्यान गुमाइरहेका छन् ।’

राजदूत सिंहका अनुसार साउदीमा ४ लाखको हाराहारीमा नेपाली कामदार रहेका छन् । वर्षमा झण्डै १० हजार कामदार विभिन्न समस्या लिएर दूतावास पुग्ने गरेको पनि उनले बताए ।

वि.सं.२०७६ जेठ २७ सोमवार ०८:०९ मा प्रकाशित

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...