२८ जेठ, काठमाडौँ । सरकारले छिमेकी मुलुक भारत निकासीमा पहिलोपटक नगद अनुदान दिने व्यवस्था गरेको छ । यसअघिसम्म भारतबाहेक अन्य तेस्रो मुलुकमा निकासी गरेवापत मात्रै सरकारले नगद अनुदान दिने गरेको थियो ।
स्वदेशी उत्पादनको प्रवद्र्घन गरी विदेशी वस्तुको आयात प्रतिस्थापन गर्न अहिले सरकारले तरकारी, फूल, अलैंची,सुठो र जुत्तामा ३ देखि ५ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेको हो ।
नेपाल–भारत रेल सेवा सम्झौता संशोधन गर्नका लागि भारतमा भएको तेस्रो विस्तृत पुनरावलोकन बैठकमा नेपाल र भारतबीच यस्ता बस्तुहरको भारत निर्यातमा नगद अनुदान दिने व्यवसथामा समझदारी भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारीले सरकारले पहिलोपटक भारत निकासीमा नगद अनुदान दिने व्यवस्था गरेको जानकारी दिए । मंगलबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ जेठ २८ मंगलवार ०७:५९ मा प्रकाशित





























