back
CTIZAN AD

दलित वडा सदस्यमाथि नै विभेद गरिएकोे गुनासो

वि.सं.२०७६ जेठ २८ मंगलवार

621 

shares

२८ जेठ रुपन्देही । रुपन्देहीको स्थानीय तहमा दलित महिला सदस्यका रुपमा निर्वाचित जनप्रतिनिधिले विवाह, व्रतबन्ध र पूजामा आमन्त्रण नगरेर जातीय विभेद गरेको गुनासो गरेका छन् ।

बुटवलमा सोमबार लेखन र प्रकाशनका लागि मिडियासँग सम्बन्ध विस्तार कार्यशालामा उनीहरुले गैरदलित जनप्रतिनिधिलाई जस्तो आफूहरुलाई आत्सम्मान नभएको बताए । “हामीलाई समान अवसर दिने भनिएको छ तर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जातीय विभेद भएको छ”, बुटवल उपमहानगरपालिका–१३ की वडा सदस्य सरस्वती परियारले भने । उनले भने , “कानूनमै अनिवार्य गरिएकाले हामी जनप्रतिनिधिका रुपमा निर्वाचित भयौँ तर समान अवसर पाएका छैनौँ ।”

बुटवल उपमहानगरपालिका–१६ की वडा सदस्य निरु विकले विगतको तुलनामा भन्दा अहिले विवाह, व्रतबन्ध र पूजामा निजी विषय बनाएर आमन्त्रण गर्न छोडेको उल्लेख गर्दै जातीय विभेदको कुनै विषयसँग तुलना हुन सक्दैन भने ।

अर्का जनप्रतिनिधि माया बराल विकले आरक्षण कोटाले अवसर प्राप्त भए पनि जिम्मेवारी नपाएकामा चिन्ता व्यक्त गरे । स्थानीय पत्रकार सोना खातिकले आफूमाथि भएको जातीय विभेदविरुद्ध जागरुक हुन आग्रह गरे ।

पूर्व सभासद् विनोद पहाडीले जातीय विभेदको विषय राष्ट्रिय एजेण्डा हुनुपर्नेमा जोड दिए । राससका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार बालकृष्ण चापागाईंले सञ्चारमाध्यमले सामाजिक विषयलाई अघि ल्याएर बहस गराउँछ भने । कार्यशालाको पत्रकार हरिबहादुर थापाले सहजीकरण गरेका थिए ।

वि.सं.२०७६ जेठ २८ मंगलवार १४:२४ मा प्रकाशित

काभ्रे-२ मा रास्वपाको अग्रता

काभ्रे-२ मा रास्वपाको अग्रता

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २...

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १...

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र...

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम...

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी...

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्व । रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा...