
३० जेठ, काठमाडौँ । संसदको राज्यव्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगले आह्वान गरेको भर्ना रद्द गर्न दिएको निर्देशनपछि समेत आवेदन लिने क्रम नरोकिएको लोकसेवा आयोगले जनाएको छ ।
आयोगका अनुसार बुधबारसम्ममा झन्डै १ लाखकको आवेदन परेको छ । आयोगको बुधबार ५ बजेसम्मको तथ्यांकअनुसार ९६ हजार ८३८ जनाको आवेदन दर्ता भएको छ । आवेदन दिनेमध्येमा समावेशीतर्फका विभिन्न समूहतर्फ समेत उत्साहपुर्वक आवेदन दर्ता भएको देखिएको छ ।
बुधबार साँझसम्ममा महिलामा २४ हजार २५०, जनजातितर्फ ११ हजार ५३८, मधेसीतर्फ ५ हजार ३४७, दलितमा ६ सय ९५, अपांगमा ५० र पिछडिएका क्षेत्रतर्फ २९ जनाको आवेदन परेको छ । यसवापत १ करोड ७१ लख ९ हजार ४५० राजश्वसमेत संकलन भइसकेको लोकसेवा आयोगले जानकारी दिएको छ ।
यसैबीच सर्वाेच्च अदालतले आयोगको विज्ञापन रद्द गर्न अन्तिम आदेश माग गर्दै परेको रिटमाथि तत्काल अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै दुवे पक्षलाई बोलाएर अन्तिम निर्णय दिने भएको छ । बिहीबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ जेठ ३० बिहीवार ०७:३५ मा प्रकाशित





























